सल्यानको दार्मामा २ दिने महिला स्वास्थ्य शिविर सम्पन्न ।

निशुल्क औषधि वितरण कक्ष
उपचारकालागि मनोसामाजिक परामर्श लिन लामबद्ध महिलाहरु

महिला पुर्नस्थापना केन्द्र ओरेक नेपाल र दार्मागाउपालिका कार्यालय सल्यानकोे सयुक्त आयोेजना तथा जिल्ला स्वास्थ्य कार्यालय सल्यनको प्राविधक सहयोगमा २ दिने महिला स्थास्थ्य शिविर सम्पन्न भएको छ । जिल्लाको उत्तर सिमामा रहेको दार्मा गाउँपालिकाको फारुलाचौर सल्यानमा सम्पन्न स्वास्थ्य शिविरबाट सो क्षेत्रका ५१० जना महिलाले लाभ लिएको ओरेक नेपाल सल्यानका संयोजक अशोक चौधरीले बताउनु भयो । बैशाख २९ र ३० गते संचालन भएको उक्त शिविरमा महिलाहरुमा हुने यौन तथा प्रजनन स्वास्थ्य समस्या सम्वन्धि स्वास्थ्य परिक्षण गरी निशुल्क औषधि समेत वितरण गरिएको हो । जनचेतनाको अभावका कारण महिलाहरुमा हुने यौन तथा प्रजनन स्वास्थ्य समस्या लुकाएर बस्दा पाठेघर तथा स्तनको क्यान्सर भई नेपाली महिलाहरुले ज्यान समेत गुमाउनु परेको छ । यही कुराई मध्यनजर गरि महिला स्वास्थ्य शिविरको आयोजना गरिएको दार्मा गाउँपालिकाका प्रमुम निम बहादुर के.सी.ले बताउनु भयो । शिविरमा २ जना विशेषज्ञ डाक्टर सहित १० जना स्वास्थ्य कर्मिले सेवा प्रदान गरेका थिए । एकिकृत रुपमा महिलाहरुलाई स्वास्थ्य सेवा दिनु, जनचेतना अभिवृद्धि गराउनुका साथै प्रतिकारात्मक, प्रवद्धनात्मक, उपचारत्मक र परामर्श सेवा प्रदान गर्नु शिविरको मुख्य उद्देश्य रहेको ओरेक नेपाल सल्यानका संयोजक चौधरी सहारा खवरलाई बताउनु भयो ।
शिविरमा प्रदान गरिएका सेवाहरु

  • लैङिक हिसा र महिला माथि हुने हिसाले महिलाको स्वास्थ्यमा पार्ने असर र यसको रोकथामका उपायहरु बारेमा समुदायलाई जनचेतनामुलक पोष्टर प्रदर्शन, वितरण तथा अभिमुखिकरण ।
  • प्रजनन स्वास्थ्य समस्याका कारण र यसका रोकथामका उपायहरुको बारेमा किशोर किशोरीहरु लगायत समुदायका महिला पुरुषहरुलाई जानकारी ।
  • महिला स्वास्थ्य समस्या, प्रजनन् स्वास्थ्य समस्यामा परेका महिलाहरुलाई दक्ष स्त्री रोग विशेषज्ञ द्धारा निःशुल्क उपचार ।
  • स्वास्थ्य परामर्श, मनोसामाजिक विमर्श र कानुनी परामर्श सेवा ।
  • पाठेघर खसेका महिलाहरुलाई रिङ पेसरी राखी उपचार गर्नुका साथै शल्यक्रियाको लागि सरोकारवालाहरु संग पहल गरिने ।
  • पिसाव चुइरहने (फिस्टुला) महिलाको शल्यक्रियाको लागि स्क्नििङ गरी आवश्यकता अनुसारको औषधी निःशुल्क वितरण ।
  • पाठेघर मुखको क्यान्सर जांच गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker