संजय दत्तको बायोग्राफी ‘संजू’को टिजरमा खुले अनेक रहस्य (टिजरसहित)

काठमाडौं, ११ वैशाख ।

बलिउड स्टार संजय दत्तको बायोपिकको टिजर रिलिज भएको छ । उनको बायोपिक ‘संजू’को टिजरमा उनको जीवनका अनेक रहस्य खुलेका छन् राजकुमार हिरानीले निर्देशन गरेको यो बायोपिकमा संजय दत्तको भूमिकामा रणवीर कपुर छन् ।

बायोपिकको टिजरमा जनाइएअनुसार संजय दत्तलाई डङग्सको लत थियो । यही कारण उनको फोक्सोले लगभग काम गर्नै छाड्ने अवस्था आएको थियो । उनका ३०८ गर्लफ्रेण्ड थिए । उनी आफ्नो जीवनमा चार्टर्ड विमानमा पनि घुमेका छन् र बसको टिकटको लागि सडकमा भिख पनि मागेका छन् । उनीसँग एके ५६ राइफल थियो । यस्तै अनेकौं रहस्य टिजरमा खुलाइएको छ । अन्य रहस्य बुझ्नको लागि भने फिल्म नै हेर्नुपर्ने बाध्यता टिजरले सिर्जना गरेको छ । हेर्नुहोस् टिजर –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker