एकल महिलालाई हेर्ने अाँखा बदलियाेस, कसैको मनको आँशु नझरोस्

मलाई यो घटना बारे लेखिरहँदा कलम रोकिन चाहेन र अझै एउटा घटना को याद  आयो जुन एकल महिलाकै हो आज भन्दा २ बर्ष अगाडिको हो ।
म एउटा  नेतृत्व विकासको तालिममा जाँदा एक जना सहभागीले भन्नु भएको कुरा एकदम मनमा लाग्यो उहाँ दश बर्षे द्धन्दबाट एकल भएको ५/६ बर्ष भएको रहेछ उहाँको १ छोरा पनि छ ।
 त्यसको केही समयमा दाइ पनि एकल हुनुभएको रहेछ दाईले क्रिया गर्न बस्दा भेट्न आउने मान्छे हरु भन्दै थिए अब एकल बस्न हुन्न चोखिए पछि तैले सोच्नु पर्छ यो बच्चाको लागि भनेपनि विवाह गर्नू पर्छ भनेर हौसला दिंइदै थिइयो
जो आए पनि त्यही सुन्थे मैले मेरो दाईलाई भनेको हुन पनि दाईले पछि विहे गर्नु भयो २ वटा ससुराली आउने जाने रमाइलो छ  ।
दाईको तर त्यही समाज त्यही इष्टमित्र ६ बर्ष अघि म एकल हुदा भेट्न आउने कसैले विहे गर्नु पर्छ भन्ने हौसला सम्म पनि दिएनन् मलाई यति सम्म फरक हुँदो रहेछ मान्छेको सोच भनेपछि कति धेरै पितृसतात्मक सोचबाट गुज्रिएको छ हाम्रो समाज महिला एकल भए तिमीले यही बच्चालाई हेरेर जिवन काट्नुपर्छ भन्ने समाज पुरुष एकल भयो भने तिमीले यही बच्चाको लागि भएपनि विहे गर्नुपर्छ भन्छ ।
यो समाज भनेपछि कति सम्म विभेद छ यहाँ  एउटा घरमा दाजुभाई छुट्निुपर्दा अँगालो हालेर रुने दाजुभाइ केही समय पछि भाइको मृत्यु भएपछि बुहारीलाई हेला गर्ने  गरेको र त्यही घरकी आमाले त्यही छोराको श्रीमती र छोराछोरीलार्य अंश नदिएर मुद्धा लडेको देखेको छ यो आँखाले के यो हुनुमा उनको श्रीमतीको कुनै दोष छ ?
 के उसको श्रमिानेले पैसा कमाएर ल्याउँदा त्यो बुहारी जाती छोरा मरेपछि त्यही बुहारी नजाति भने यो सोच कहिले सम्म त कमाई छउन्जेल संगै बस्न मन लाग्ने कमाइ गर्ने मान्छे नभएपछि अधिकार पनि दिन नखोज्ने कति सम्म को सामन्ती सोच ।
त्यस्तै छ पितृसत्तात्मक सोच र समाजमा हुर्केका मान्छेको सोचमा परिवर्तन आउने दिन कहिले होला चिन्ता लाग्छ मलाई किनकी यो बाट महिला पिडित भएर पिल्सिएको देखेको छु ।
अझ रोचक के छ भने एउटा अधबैंसे वा जवान महिला एकल हो भन्ने थाहा पाउने वित्तिकै गिद्धे सोच भएका हरुको सोच अर्कै भएको पनि मैले देखेको छु । जो एकल भएर पिडामा छ उसलाई झन् पिडा थप्न पछि पर्दैनन् यही समाजका केही ब्यक्ति ।
जसले एकल महिलालाई प्रोत्साहन होइन हतोत्साहित गरेको देखेको छु । यति सम्मकी एउटा जवान महिला एकल देख्ने वित्तिकै उसलाई हरेक किसिमले यातना दिने पिडा दिने दु:ख दिने गरेको देखेको छु ।
यति सम्म की उ एकल भएपछि उसको एकमात्र आवश्यकता शारीरिक सम्बन्ध लाई जोडेर विभिन्न प्रकारका दु:ख दिएको थुप्रै उदाहरण देखेको छु मैले एउटा महिला एकल भउपछि उसका  जिम्मेवारी, उसको चिन्ता कति हुन्छ महसुस नगरी आफ्नो ब्यक्तिगत फाईदा लुट्न आतुर हुने मान्छे हरुको कमी छैन यो समाजमा ।
चाहै त्यो सर्वसाधरण मान्छे किन नहोस्  चाहे कुनै राजनितिक दलको ब्यक्ति किन नहोस् , चाहे त्यो जुन सूकै पदको जो सुकै ब्यक्ति होस् कोही अछुतो छैन जस्तो लाग््छ मलाई ।
उसलाई दुःख मा सघाएर सहयोग गरौं भन्ने भन्दा झन् दु ःख दिनेको कमी छैन यहाँ । त्यसैले यस्ता सोचहरुको अन्त्य हुनुपर्छ त्यस्ता अपराधिलाई तुरुन्त कार्वाही हुनुपर्छ कागजमा लेखेर मात्रै नमुना संविधान हुँदैन ब्यवहारमा उतारेर नमुना भन्दा राम्रो होला ।
त्यसैले महिला पुरुष दुबैलाई हेर्ने आँखा को पावर बराबरी हुन जरुरत छ । यो समय छिट्टै आएर महिलाहरुको मनको आँशु नझरोस् साथै अब आउने समयमा महिला पुरुष कसैको मनको आँशु नझरोस् ….शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker