भूकम्प पिडितहरुले अवदेखि नक्साको पैसा तिर्न नपर्ने

 

भारत सरकारको सहयोगमा सञ्चालित उत्थानशील आवास पुन निर्माण कार्यक्रम अन्तर्गत पालुङटारमा कार्यरत कर्मचारीहरुका लागी २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पालुङटारको वडा नं. ७ च्याङ्लीमा जेठ १५ र १६ गते सम्पन्न अभिमुखीकरण कार्यक्रममा परियोजना अन्तर्गत पालुङ्टार क्लष्टर २ का टीम को अर्डिनेटर रघुनाथ रिमालले कार्यक्रमको औचित्यका बारेमा प्रष्ट्याउनुभएको थियो । त्यस्तै जिल्ला शाखाका निरोध पुडासैनीले भूकम्प प्रतिरोधी घर बनाउँदा ध्यान दिनुपर्ने कुराका साथै श्रोतको अधिकतम प्रयोग गर्नेबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा राजेश रौनियार सामाजिक सहजीकरण तथा कर्मचारीको काम कर्तव्यका बारेमा बताउनुभएको थियो । कार्यक्रममा विश्वराम गोसाईले लाभग्राहीको लागी निशुल्क नक्सा बनाई सहयोग गरिरहेको र आगामी दिनहरुमा पनि निरन्तर सहयोग गरिरहने समेत बताउनुभयो । कार्यक्रममा पालुङटारका वडा नं. ६ देखि १० सम्म काम गर्ने १८ जना कर्मचारीहरुको सहभागिता रहेको थियो । जसमा १२ जना आवास निर्माण साथी, २ जना इन्जिनियर, २ जना सव इन्जिनियर र २ जना सामाजिक सहजकर्ता सहभागी रहेका थिए । परियोजनाले गोरखाको पालुङ्टार र गोरखा नगरपालिका र धार्चे, आरुघाट, अजिरकोट, सिराञ्चोक, शहिद लखन, र गण्डकी गरी ६ गाउँपालिका का ४२ वटा वडाहरुमा भूकम्पका लाभग्राहीहरुका लागी निशुल्क नक्सा बनाउने तथा सामाजिक तथा प्राविधिक सहजीकरण गर्ने काम गरिरहेको छ । कार्यक्रमका बारेमा जानकारी आवश्यक परेमा परियोजनाको पैसा नलाग्ने टोल फ्री नं. १६६००१७२००० मा सम्पर्क गर्न सकिने टीम को अर्डिनेटर रिमालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker