दिल्लीले पाँच खेलाडी परिवर्तन गर्दा समेत परेनन् सन्दीप

काठमाडौँ, १० वैशाख । 

दिल्ली डेयरडेभिल्सले आजको खेलमा घरेलु मैदानमा नेपाली बलर सन्दीप लामिछानेलाई उतार्ने आशा गरिएको थियो ।

दिल्लीको घरेलु मैदान फिरोज शाह कोटला रंगशाला स्पिनरमैत्री भएकाले आज सन्दीपले खेल्ने सम्भावना निकै रहेको दिल्ली आफैले बताएको थियो । तर सन्दीप दिल्लीको टिम ११ मा आज पनि पर्न सकेनन् । भर्खरै टस जितेर दिल्लीका कप्तान गौतम गम्भीरले फिल्डिङ रोजेका छन् ।

यो सिजनमा आफ्नो घरेलु मैदानमा खेल्दै गरेको दिल्लीले आज आफ्नो टिममा व्यापक परिवर्तन गरेको छ । आज क्रिस मोरिस तथा जेसोन रोय टिममा पर्न सकेनन् । उनीहरुको ठाउँमा आज ड्यानियल क्रिस्चियन तथा लियाम पलङकेटलाई समावेश गरिएको छ  । साथै टिम ११ मा अमित मिश्रा, पृथ्वी शा तथा आवेश खानलाई पनि समावेश गरिएको छ ।

आईपीएल क्रिकेटको ११ औँ सिजनमा पञ्जाबले पाँच खेलमध्ये चार खेल जितेको छ । दिल्लीले खेलेका पाँचमध्ये चारमा हार बेहोरेको छ । दिल्ली आज घरेलु मैदानमा पञ्जाबलाई हराएर दोस्रो जित हात पार्ने दाउमा रहेको छ ।

पञ्जाब आठ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । दिल्ली २ अंकसहित अंकतालिकाको पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker