पार्टी एकताप्रति योगेश भट्टराईको नकारात्मक व्यङ्ग्य रक्षा र गृहमन्त्री प्रति, वाम एकता हुनेमा शंका

काठमाडौं, १० बैशाख ।

एमाले सचिव योगेश भट्टराईले रक्षामन्त्री र गृहमन्त्रीलाई लक्षित गर्दै कडा रुपमा व्यंग्य प्रहार गरेका छन् ।

सचिव भट्टराईले आइतबार कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरका आयोजित कार्यक्रममा भएको विवादप्रति लक्षित गर्दै व्यंग्य गरेका हुन् ।

एमाले–माओवादी एकताप्रति दुई वटा ब्यानर राखिएको उक्त कार्यक्रमको फोटो सामाजिक सञ्जाल टुवीटमार्फत सार्वजनिक गर्दै व्यंग्य गरेका हुन् । उनले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाँयाबाँया उभिएका रक्षामन्त्री र गृहमन्त्रीलाई लक्षित गर्दै उनले दुई वटा ब्यानरमुनी नेताहरू उभिएको फोटो पोष्ट गर्दै स्ट्याटसमा लेखेका छन्, ‘‘बीचमा शक्तिशालि नेताहरू दायाँ–बाँया सुरक्षा अगंका बलिया रक्षा र गृहमन्त्री । कसले भत्काउला ? कस्ले छेक्ला ? र कस्ले बिथोल्ला पार्टी एकतालाई ?’

भट्टराईको स्ट्याटसलाई एमाले–माओवादीभित्र चासोका साथ हेरिएको छ । आइतबार दुई पार्टीबीच पार्टी एकता गर्ने भनिए पनि नेताहरूबीच कुरा नमिल्दा पार्टी एकता धकेलिएको हो । यससँगै पार्टी एकताप्रति शंका बढ्दो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker