काठमाडौँ, १० वैशाख।
अनुष्का शर्मा बलिउडकी टप अभिनेत्री मध्येकी एक हुन्। उनी आफ्नो लुकले प्रत्येक पटक आफ्नो फ्यानलाई छक्क पार्दै आएकी छन्। उनको होम प्रोडक्शन फिल्म ‘परी’ मा उनी भूतको भूमिकामा देखिएकी छन्।
र सबैको मत जित्न सफल पनि भएकी छन्। यद्यपी यो फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन। त्यसपछि फिल्म ‘सुई–धागा’ उनको लुक भाइरल भएको छ। यसमा बरुण धवनसँग साधारण महिलाको भूमिका सुतीको साडीमा अनुष्का देखिइन्।
अब अनुष्कालाई उनका फ्यानले हजुरआमाको भूमिकामा देख्न पाउने भएका छन्। अनुष्काको एउटा फोटो यतिबेला सामाजिक संजालमा भाइरल भएको छ। यो फोटोमा अनुष्का एक बुढी महिलाको भूमिकामा देखिएकी छन्। यो लुकमा अनुष्कालाई चिन्न गाह्रो हुन्छ। सबै जना अनुष्काको यो भूमिका कुन फिल्मकालागि हो भनेर जान्न उत्सुक छन्।
अनुष्का बलिउडमा ती अभिनेत्रीमध्ये एक हुन् जो आफ्नो लुक्सकालागि नयाँ नयाँ प्रयोग गर्छन्। उनका विगतका केही फिल्ममा पनि यस्तै देखिन्छ। जहाँ फिल्म परीमा उनको डरलाग्दो लुक देखिएको छ। सुइ–धागा फिल्ममा उनी एक साधारण ग्रामीण महिलाका रुपमा देखिएकी छन्।
यो फिल्म मेक इन इण्डियाको थीममा आधारित छ। यसबाहेक उनी पहिला पनि आफुनो लुकलाई लिएर धेरै प्रयोग गरिसकेकी छन्।
अनुष्का शर्मा अभिनेता शाहरुख खानसँग फिल्म ‘जीरो’ मा देखिने भएकी छन्। उनको नयाँ तस्बीरले फ्यानमा उत्सुकता बढाएको छ।