डोटी जीप दुर्घटनाः मृतक पाँच

डोटी, ९ वैशाख । 

डोटीमा शनिबार अपराह्न भएको जीप दुर्घटनामा मृत्यु हुने पाँच जना पुगेका छन् । दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । थप दुई जनाको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा राति बाटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बाटामा मृत्यु हुनेमा शिखर नगरपालिका–८ लाटामाडौँकी ३५ वर्षीया झाकरी भुल र नगरपालिका–३ की २८ वर्षीया धौलीदेवी भुल छन् ।

यसअघि शिखर–३ जोरागाउँकी ४० वर्षीया खिन्तुरी भुल, ३२ वर्षीया कटी सार्की र १४ वर्षीय सुरज भुलको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा घाइते रहेका १४ जनामध्ये एक जनाको नेपालगञ्ज र १३ जनाको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । शनिबार अपराह्न दिपायलबाट शिखर–३ जोरागाउँ जान लागेको ग १ ख ५२७५ नंको बोलेरो जीप दुर्घटना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker