अनेरास्ववियु (क्रान्तिकारी) पाल्पाले गर्यो विभिन्न विद्यालयमा अनिश्चितकालिन तालाबन्दी

प्रबेश पन्थी/ पाल्पा ९ बैशाख ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले पूर्व घोषित कार्यक्रम अनुसार पाल्पाका विभिन्न शैक्षिक संस्थामा तालावन्दी गरेको छ ।

अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला अध्यक्ष मुक्ती गैरे, उपाध्यक्ष लंक राना लगायतको टोलीले पाल्पा जिल्लाका जिल्ला शिक्षा कार्यालय, नगर शिक्षा शाखा, प्याव्सनको अध्यक्षको विद्यालय, जनता नमुना विद्यालय, सेन्ट क्यापितानियो, वेथल बोडिङ्ग, प्याव्सन केन्द्रिय सदस्यको विद्यालय न्यु होराईजनमा तालावन्दी गरेको हो ।

अध्यक्ष गैरेका अनुसार “गत चैत्र २१ गते हामीले जिल्ला शिक्षा कार्यालयमा वुझाएकोे ३७ वुदे माग पत्र पुरा नभएकोले पहिलो चरणको संघर्षको कार्यक्रम अन्र्तगत अनिश्चित कालिन तालावन्दी गर्न बाध्य भएको हौँ र हाम्रा मागहरु तुरुन्तै सम्बोधन गर्न पनि पुनः आह्वान गर्दछौँ यदी हाम्रा मागहरुलाई पुरा नगरी तालावन्दी सम्वन्धित निकायले अनुमती विना खोल्ने प्रयास गरेमा अर्काे चरण बद्ध संघर्षमा जान बाध्य हुनेछौँ ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker