
काठमाडौं, ९ बैशाख ।
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम एमाले माओवादीबिच पार्टी एकिकरण नभए एमाले पार्टी नै छाड्ने भएका छन् ।
जनयुद्धलाई उल्लेख गर्नुपर्ने तथा बराबरी हैसियतमा एकता हुनुुपर्ने एजेण्डामा प्रचण्डको समर्थन गर्दे गाैतमले प्रधानमन्त्री ओलीलाई पार्टी एकिकरण नगरे आफु एमाले पार्टी नै छोड्ने निधो गरेको स्रोतले जानकारी दियो ।
स्राेतका अनुसार ओलीले जनयुद्ध स्वीकार्न नसकेको र बराबरी हैसियतभन्दा पनि माओवादीसँग ७०, ३० को अनुपातमा एकता गराउने तथा सक्यो भने विलय नै गराउने रणनीतिमा लागेका बेला वामदेवले प्रचण्डको पक्षमा उभिदै ओलीलाई नै काउन्टर दिएका हुुन्।