माओवादी बैठकको निश्कर्ष : प्रतिशत तोकेर एकता हुँदैन

काठमाडौं, ९ बैशाख ।

माओवादीले एमालेसँगको एकतामा प्रतिशतका आधारमा कमिटि निर्माण नगर्ने बताएको छ । माओवादीको आज बसेको केन्द्रीय कार्यलयको वैठकमा प्रचण्डले प्रतिशत तोकेर सम्मानजनक एकता नहुँने बताएका छन् ।

आजको बैठकमा प्रतिशत तोकेर एकता गर्दा त्यसको मनोविज्ञान राम्रो नहुँने भन्दै आफुले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसँग यस विषयमा कुराकानी गरेको बैठकमा प्रचण्डले जानकारी दिएका थिए । माओवादी नेता देवेन्द्र पौडेलले आजको बैठकमा ओलीसँग भएको संवादवारे प्रचण्डले विफ्रिङ गरेका थिए ।

आज दुई दलका शीर्ष नेताले एउटै मञ्चबाट एकताको सन्देश दिनुअघि माओवादी आन्तरिक छलफलमा जुटेको थियो ।  दुई पार्टीबीच नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन अर्थात् आज एकता घोषणा गर्ने तयारी थियो । तर केही विषय नमिलेपछि एकता घोषणाको टरेको थियो । अर्को मिति निश्चित भएको छैन । बरु आज उनीहरुले एकताको सन्देश दिन गरी कम्युनिष्ट पार्टी स्थापना दिवस संयुक्त रुपमा मनाउँदै छन् ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी अध्यक्ष प्रचण्डले एउटै मञ्चबाट छिट्टै एकता घोषणा हुने सन्देश दिँदैछन् । हिजोमात्रै एमाले र माओवादी केन्द्रबीचको पार्टी एकीकरणलाई निष्कर्षमा पु¥याउने विषयमा दुवै पार्टीका अध्यक्षबीच वार्ता भएको थियो ।  प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा दुई घण्टासम्म चलेको एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच गम्भीर छलफल भएको थियो ।  पार्टी एकीकरणका विषयमा भएको दुवै अध्यक्षबीच सकारात्मक छलफल भएको बताइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker