आइपीएलमा दिल्ली र पञ्जाब भिड्दै, सन्दीप आज खेल्छन् ?

काठमाडौं, ८  वैशाख ।

इन्डियन प्रीमियर लीग (आइपीएल) को ११ औं संस्करण यति बेला भारतमा जारी छ । स्थानीय समय अनुसार आज राति ८ बजे घरेलु मैदानमा रोयल च्यालेन्जरस् बैग्लोरे दिल्ली डेयरडेभिल्स्सँग भिड्दै छ ।

दिल्लीमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध छन तर यसअघिका चार खेलमा उनले खेल्ने मौका नै पाएनन् । आजको पञ्जाव विरुद्धको खेलमा पनि सन्दीप खेल्ने संभावना न्यून रहको बताइएको छ ।

११ औं संस्करणको आइपीएलमा दुबै टोलीले समान चार खेल खेलका छन् । दुबैले एक जित र तीन हार व्योहोरेका छन् । यसअघि झै आज पनि सन्दीपको नाम प्लेइङ ११ मा पर्ने सम्भावना कम रहेको जनाकारहरु बताउँछन् ।

बैग्लोरको एम चिन्नास्वामी रंगशाला यी दुई चिरपरिचित दुई टोली भिड्दै छन् । यसअघि भएका १९ खेलमध्ये पञ्जावले ११ मा जित निकालेको छ भने दिल्ली ६ मा । एकमा बराबरीमा र एक खेल रद्द भएको इतिहास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker