सबै शिक्षित समृद्ध रिब्दीकोट, समसद्धि प्राप्तीका लागि सबैउमेर समूहका बालबालिकालाई विद्यालय भर्नामा जोड

नवराज ज्ञवाली/ पाल्पा, ७ बैशाख ।

हामी सबैको इच्छा, अनिवार्य निशुल्क आधारभूत शिक्षा भन्ने नारा सहित रिब्दीकोट गाउँपालिकाका सबै वडाहरुमा विद्यालय भर्ना अभियान सुरु भएको छ । सरकारले सबै बालबालिकालाई निशुल्क शिक्षा दिने योजनाअनुसार यस गाउँपालिकामा विद्यालय जाने उमेर पुगेका बालबालिकालाई विद्यालयमा ल्याउन यस्तो अभियान थालिएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जि.सी बताउनुहुन्छ ।

अहिले देश संघिय संरचना अनुसार चलेकाले सबै स्थानीयतहमा सबैले शिक्षा लिन पाउनुपर्छ भन्ने दायित्व सहित हामीले यस गाउँपालीका अन्तर्गत सबै वडामा संचालित विद्यालयका योजना र विद्यालयमा बालबालिकाको पहुँच कसरी पु¥याउने भन्ने विषयमा केन्द्रित भएर गाउँपालिका अघि बढेको गाउँपालिकाका शिक्षा इकाइ अधिकृत बिष्णु बेल्बासे बताउनुहुन्छ ।

त्यस्तै बैशाख ५ गतेलाई पुस्तक दिवसको रुपमा मनाउन गाउँपालिकाका सबै वडामा संचालित विद्यालयलाई भर्ना भएका विद्यार्थीलाई पुस्तक वितरणको लागि व्यवस्था समेत गरेको वताउनुहुन्छ ।

गाउँपालिकाले शिक्षा अभियान अन्तर्गत शिक्षासँग सरोकार राख्ने संघसंस्ता, सचेत नागरिक, वुद्धिजीवि र सरकारवाला निकायलाई बालबालिका भर्ना हामी सबैको समाजिक दायित्व, शिक्षामा सबै बालबालिकाको पहुँचमा सुनिश्च्तिा र सिकाइको स्थायित्व भन्दै यस गाउँपालिकाले हालसालै शिक्षा एन गाउँपरिषदबाट पास गरेको छ ।

अहिले जिल्लामानै भार्ना अभियान सुरु भएपनि हामी यस गाउँपालिकालाई सबैको सहयोगमा विद्यालय उमेरसमूहका बालबालिकालाई विद्यालयमा पु¥याछौ भन्ने गाउँशिक्षा इकाइ अधिकारी बेल्बासे बताउनुहुन्छ । अहिले विद्यार्थी भर्ना अभियान चलिरहेतापनि भर्ना विद्यार्थी विद्यालयमा टिक्छन् कि टिक्दैनन् भन्ने विषय महत्पूर्ण पाटो हो ।

विद्यालय भर्ना भएकालाई कसरी टिकाउने र सिप सिकेपछि बिक्न सक्ने गरी सिकाउने भन्नेकुरालाई हेक्का गरी यस गाउँपालिकाले गुणस्तरीय शिक्षाको महत्वलाई वुझेरनै गाउँपालिकाले योजना बनाएको छ । आगामी वर्ष भित्र विद्यालय जाने उमेर समूका बालबालिकालाई विद्यालय पु¥याउने योजना समेत रहेको गाउँ शिक्षा अधिकारी बेल्बासे बताउनुहुन्छ ।

शिक्षित नागरिक, समृद्ध रिब्दीकोट, समृद्धी प्राप्तीकालागि सबै शिक्षित भन्ने उद्देशय रहेको यस गाउँपालिकाको रहेको गाउँपालिकाका प्रशासकीय अधिकृत अनिल पौडेल बताउनुहुन्छ । गाउँपालिका शिक्षा इकाइ शाखाबाट विशेष कार्यक्रम बनाई अहिले सार्वजनिक गरिएको नाराले विद्यार्थीलाई स्थायित्व दिन सक्ने र यो कागजी नारालाई पूर्ण व्यवहारीक बनाउन सकिने कुरा स्पष्ट गरेको छ ।

यस योजनाले सार्थकता पाउनेछ । विद्यार्थीले पढाइलाई निरन्तरता दिने गरी वातावरण तर्फ गाउँपालिकाको सबै विद्यालयहरु लागि परेको बताउदै गाउँ शिक्षा इकाइ अधिकृसत बेल्बासेका अनुसार यो गाउँपालिका जिल्लामानै नमुना बन्ने विश्वास व्यक्त गर्नुभयो । यस कार्यको लागि सबै पक्षको सहयोगको अपेक्षा अधिकृत बेल्बासेको धारणा रहेको छ ।

यो वर्षको विद्यालय भर्ना अभियानसँगै सबैका लागि शिक्षा, आधारभूत तहमा निशुल्क शिक्षाको सुनिश्चिता हुने र यो वर्षको विद्यालय भर्ना अभियान पूर्ण प्रभावकारी हुने ३ नं. वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता विष्णु प्रसाद खनाल बताउनुहुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker