कांग्रेसको समीक्षा बैठक आजबाट पुनः शुरु हुँदै

काठमाडौं, ७ वैशाख । 

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आजदेखि पुनः शुरु हुँदैछ । चैत १६ गते केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनपछि स्थगित भएको बैठक आजबाट शुरु हुने लागेको हो ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बिहान ११ बजे केन्द्रीय कार्यलय सानेपामा बस्ने बैठकमा चुनावको हारको विषयमा समीक्षा हुने छ । बैठकमा अहिलेसम्म ४२ केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिसकेका छन् ।

संस्थापन पक्षका नेताले हारको बचाउ गर्दै आएका छन् भने पौडेल र सिटौंला पक्षले विरोधमा बहस गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker