४०० उद्योगीको नाम भेटियो मनोज पुनको डायरीमा

बुटवल,७ वैशाख ।

प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुनको डायरीमा ४०० उद्योगीको नाम भेटिएको छ । रुपन्देही प्रहरीका अनुसार मनोज पुनको डायरीमा ४०० उद्योगीको नाम भेटिएको हाे। पुनले धम्की दिएर पैसा उठाउन उनीहरुको सूची तयार पारेको बताइएको छ ।‘हिजोको दिनसम्म कुनै उद्योगीले मुख खोलेनन् । तर, अहिले ४०० जनाको नाम डायरीमा छ,’ एसपी श्यामलाल ज्ञवालीले भने, ‘पैसा उठाएकाहरुको नाम मनोजको डायरीमा भेटिएको छैन ।’मनोजको समूहले उठाएको रकममध्ये धेरै जोगेन्द्रले लिएको अनुमान छ । जोगेन्द्र भारतीय नागरिक हुन् तर, उनले नेपालको पनि नागरिकता बनाएको पाइएको प्रहरीले जनाएको छ । युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारी र बसन्त पौडेल (बलु)को हत्या पुन समूहले नै गरेको थियो । केही समयअघि प्रहरी इन्काउन्टरमा पुन पनि मारिएका छन् । पक्राउ परेका सबैको सम्पत्ति छानविन हुने रुपन्देहीका एसपी ज्ञवालीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker