बिस्कुट र दूधमा सेना र व्यापारीको मिलेमतो

काठमाडौँ, ७ वैशाख ।

हाई एनर्जी बिस्कुट खरिदमा नेपाली सेना र आपूर्तिकर्ता कम्पनीले हरेक बर्ष कानुनी प्रावधानलाई उल्लघंन गरेका छन् ।

बिस्कुट खरिद गर्नुपूर्व आपूर्तिकर्ता कम्पनीले गुणस्तर मापन गर्नुपर्ने र आपूर्ति गरिएका बिस्कुटको गुणस्तर मापन भए-नभएको प्रमाणीकरण गर्नुपर्ने बाध्यकारी प्रावधानलाई दुवै पक्षले उल्लघंन गरेका छन् ।

२०७२ माघ १ गतेदेखि २०७५ पुस मसान्तसम्मका लागि सेनाको हाई एनर्जी बिस्कुट खरिदको जिम्मा चौधरी ग्रुपअन्तर्गतको पशुपति बिस्कुट इन्डस्ट्रिज प्रालिले पाएको छ ।

त्यस्तै, सेनाले करिब १७ करोड रुपैयाँ बराबरको कन्डेन्स मिल्क पनि चौधरी ग्रुपअन्तर्गतकै हेटौंडा इन्डस्ट्रिज प्रालिबाट खरिद गर्दै आएको छ ।

बिस्कुट र दूधको गुणस्तर सेनाले मापन नगराइ आफ्ना जनशक्तिलाई उपलब्ध गराउने गरेको छ । कारोबारमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker