ओली सरकारको विरोधमा उत्रियो विवेकशील साझा

काठमाडौं, ७ बैशाख ।

विवेकशील साझा पार्टी सरकारी निर्णयको विरोधमा उत्रिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको निर्देशनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले माइतीघरलाई निषेधित क्षेत्र तोकेपछि विवेकशील साझा उक्त निर्णयलाई चुनौती दिँदै विरोधमा उत्रिएको हो।

स्थानीय तहको निर्वाचनदेखि विभिन्न एजेण्डामा एमालेलाई बलियो साथ दिँदै आएको विवेकशील साझाले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न रोक लगाउने निर्णयलाई लिएर एकाएक सरकारलाई काउन्टर दिएको हो। यसले लोकतन्त्रप्रति सरकारको प्रतिबद्धतामा नै गम्भीर प्रश्न उठाएको उसले ठहर गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले विरोध प्रदर्शन गर्न पाइने सात स्थान तोकेको छ । यो निर्णयले रत्नपार्क, माइतीघरमा समेत विरोध प्रदर्शन गर्न रोक लागेको छ ।

विवेकशील साझा पार्टीले शुक्रबार विज्ञप्ति निकालेर शान्तिपूर्णरुपमा गरिने जनप्रदर्शन कार्यक्रमलाई कमजोर पार्ने गरी लगभग पुरै शहरलाई ‘निषेधित क्षेत्र’ बनाएको छ । ‘संविधानको धारा १७ ले व्यवस्था गरेको स्वतन्त्रताको हकको बिरुद्ध हुनेगरी आएको यो निर्णय लोकतन्त्रको मर्म विपरीत छ’ उसले भनेको छ, यसले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउने माध्यमका रूपमा शालीन एवं भद्र विरोधलाई अपनाउनेहरुलाई चिन्तित तुल्याएको छ ।’

प्रधानमन्त्रीले राराबाट लोकतन्त्रप्रति पूर्ण प्रतिबद्धता जनाएको २४ घण्टा नबित्दै आएको निर्णयले सरकारको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको उसले बताएको छ ।

विवेकशील साझा पार्टीले भद्र आन्दोलनको प्रतीक बनेको माइतीघर मण्डलालाई निषेधित क्षेत्र बनाउने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ ।

आफूूलाई हरेक मुुद्दामा सघाउँदै आएको विवेकशील साझा एकाएक विरोधमा उत्रिएपछि बालुवाटारमा प्रधानमन्त्रीले यसबारे चासो राखेका छन्। उनले आफ्ना सहयोगीहरुसँग जनताको हितमै काम गर्दा विवेकशीलले किन विरोध गर्यो भनी चासो राखेको बुझिएको छ। माइतीघरमा प्रदर्शनका कारण टफिक जाम हुने र स्थानीयलाई सास्ती हुने भन्दै गृहमन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासनले निषेधित क्षेत्र तोकेको थियो । तर आफूलाई सुशासन कायम गराउन आएको वैकल्पिक शक्ति ठान्ने विवेकशीलले माइतीघरबाट प्रदर्शन हटाउने निर्णयको विरोधमा उत्रेपछि टफिक जामबाट सास्ती खेप्दै आएका स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker