मालिन्दोको विमान धावनमार्गमा चिप्लिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातिदेखि बन्द

काठमाडौं, ७ बैशाख ।

काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरलाइन्सको विमान गएराति विमानस्थलमा चिप्लिएर धावनमार्ग छाडेपछि रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द रहेको छ ।

ड्नका लागि धावनमार्गतर्फ गुडिरहेको मालिन्दो एयरको अगाडिको जहाजको टायरमा समस्या आएपछि चिपलिएर घाँसे मैदानमा पुगी भासिएको हो । जहाज चिप्लिएर घाँसै मैदानतर्फ पुगे पनि ठुलो दुर्घटना भने टरेको छ ।

२० अर्थात उत्तरी क्षेत्रबाट राति ९ बजेर ४५ मिनेटमा उड्ने तयारीमा रहेको रनवेमा कोटेश्वरतर्फको ०२ अर्थात दक्षिणी क्षेत्रतर्फ गइरहेको थियो । मोडिएर उत्तरतर्फ लाग्ने बेलामा अगाडिको टायरमा समस्या आएपछि जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो ।

विमान धावनमार्ग छाडेर करिब १५० फिट चौरतर्फ जोतिएको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । उनका अनुसार उक्त जहाज त्यहाँबाट नहटाएसम्म अन्तर्राष्ट्रिय उडान कुनै पनि हुन सक्ने अवस्था छैन । राति पौने १० बजेदेखि नै अन्तर्राष्ट्रिय उडान ठप्प भएको उनले जानकारी दिए ।

चालक दलका सदस्यसहित १३९ जना यात्रु रहेको जानकारी दिँदै उनले सबै यात्रु सकुशल रहेको जानकारी दिए । मालिन्दो एयरको विमान बोइङ ७३७–९ जीपी (इआर) कोटेश्वरतर्फको धावनमार्गमा चिप्लिएको प्रवक्ता ठाकुरले जानकारी दिए । उडान नम्बर #MXD181  का  सबै यात्रु सकुशल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker