आँखा अस्पतालको उद्घाटन

भोजपुर, ६ वैशाख  । 

जापानी राजदूत मासासी ओगावाले आज भोजपुर आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्नुभयो ।

भोजपुर नगरपालिका–१२ पुरानो डबली टक्सारमा जापान सरकारको सहयोगमा एक करोड जापानी यानको लागतमा निर्माण भएको सो अस्पताल दुईतला रहेको छ ।

कार्यक्रममा जापानी राजदूत ओगावाले जापान सरकारले नेपालको सबै क्षेत्रमा विशेष प्राथमिकताका साथ सहयोग गरेको बताउँदै नवनिर्मित आँखा अस्पतालबाट स्थानीय बासिन्दाले सुविधा लिन सक्ने विचार राख्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker