मनोज पुनलाई गोप्य सूचना दिने युवा संघका केन्द्रीय सदस्य पक्राउ

काठमाडौं, ६ बैशाख ।

प्रहरी इन्काउन्टरमा मारिएका ‘गुन्डा नाइके’ मनोज पुनलाई गोप्य सूचना दिने युवा संघका केन्द्रीय सदस्य सुजु मल्ल काठमाडौंबाट पक्राउ परेका छन् । युवासंघको केन्द्रीय समिति बैठकमा सहभागी हुन काठमाडौं गएका बेला उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका मल्ललाई आज बुटवल लगिदैंछ ।

बुटवल ७ निवासी मल्ल युवा संघका तत्कालिन अध्यक्ष दुर्गा तिवारी र बलु पौडेलको हत्याको समयमा आवरणमा दिनभरी आन्दोलनमा नेतृत्व गर्ने र रात परेपछि सम्पुर्ण सुचना मनोज पुनलाई पठाउने गरेको प्रहरीले जनाएको छ । ती घटनाका समयमा दल र प्रहरी प्रशासनसँगको बैठकमा समेत युवा संघको तर्फबाट उनी सहभागी हुने गरेका थिए ।

बैठकमा भएका सवै सुचना समेत मनोज पुनलाई उपलब्ध गराउदै आएको प्रमाण फेला पारेको रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए । ‘मनोज पुनको प्रहरी ईन्काउन्टरको समय सम्म समेत मल्लले पुनलाई सुचना उपलब्ध गराएको भेटियो’ एक अनुसन्धान अधिकृतले भने ।

यसअघि मनोज पुनका सुराकीको आरोपमा रुपन्देहीको बुटबल उपमहानगरपालिका–७, शिवनगरका उत्तम आचार्य, देवदह–५ का तुल्सी न्यौपाने, देवदह–४ का लेखनाथ न्यौपाने, स्याङ्जाको पुतलीबजार–४ घर भइ रुपन्देहीको बुटवल–४ बस्दै आएका हरिप्रसाद श्रेष्ठ र देवदह–६ का रोशन खड्कालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका मध्ये लेखनाथ माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् भने उत्तम युथ फोर्सका पूर्व जिल्ला नेता र श्रेष्ठ मदिरा उद्योगी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker