चार वर्षदेखि प्रेमिको रुपमा रहेकाले नै गरे हत्या

बुटवल,६ वैशाख ।

रुपन्देहीमा प्रेम सम्बन्धले एक युवतीको अकालमै ज्यान गएको छ । रुपन्देही ओमसतिया गाउपालिका वडा नं ६ की १५ बर्षिय युवती आफ्नै प्रेमिको शिकार बनेकी छन् ।

तीन चार वर्ष देखि नै प्रेममा परेकी युवती बैसाख ३ गतेको रात प्रेमि प्रेमिका संगै रात बिताएका थिए । रात भरिको यौन प्यास मेटाएर रमाएका प्रेमिले बिहानपख आफ्नै प्रेमिकाको कपालले नै घाटि कसेर हत्या गरेको थिए ।
आफ्नै प्रेमिकाको हत्या गर्ने युवा रुपन्देही ओमसतिया गाउपालिका वडा नं ६ बस्ने बर्ष १८ को प्रेम सागर केवट हुन् । प्रहरीको अनुसन्धानमा उनी प्रेमिकाको हत्या गरेर फरार भएका थिए र बैसाख ५ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नियन्त्रणमा लिएको प्रमुख एसपि श्याम ज्ञवालीले बताए ।
केवट रुपन्देही ओमसतिया गांउपालिका वडा नं ६, बलवाहाका १८ बर्षिय युवक हुन् । उनले ज्याला मजदुरी नै गर्ने गर्दथे ।

बैसाख ३ गते रातको ९ बजे घरबाट बेपत्ता बनेकी ती युवतीलाइ जिल्ला प्रहरी कार्यालय रुपन्देहीले निकै खोजबिन गरेको थियो ।
स्थानीयले खोज्दै जांदा बैसाख ४ गते बिहान ८ बजे ओमसतिया गाउपालिका वडा नं ६ स्थित खाली खेतमा ती युवतीलाइ मृत अबस्थामा फेला पारेपछि इलाका प्रहरी कार्यालय धकधईलाई खबर गरेका थिए ।

प्रहरीले सो घटना हत्या नै भएको ठहर गर्दै गहन रुपमा अनुसन्धान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker