
काठमाडौँ, ६ वैशाख ।
हृदयघात अहिलेको समयमा धेरै मानिसमा देखिने समस्या हो । शारीरिक व्यायामको कमी , खानपानमा लापरवाही , तानाव जस्ता समस्याले गर्दा हृदयघातको बिरामीहरुको संख्या बढ्दै गइरहेको छ । हृदयघातको लक्षणहरु देखा परिरहने भए पनि हामी त्यसलाई वास्ता गर्ने गर्दैनौं । जसले गर्दा हामीलाई पछि समस्या आउने गर्छ । हृदयघात भएको समयमा तुरुन्तै उपचार गर्न सकिएन भने मानिसहरुको ज्यान जाने गर्छ ।
हृदयघात हुनुभन्दा अगाडी देखिनै देखिने केही लक्षणहरु यस्ता छन् :
१ अन्य भागमा पीडा : छाती वा शरीरका अन्य भागमा पीडा भयो भने हृदयघातको संकेत हो । छाती बाँउडियो भने त पक्का हृदयघातको लक्षण हो ।
२ सास लिन अप्ठ्यारो : सास लिन गाह्रो भयो भने पनि हृदयघातको लक्षण हो । यस्तो समस्या महिलाहरूमा बढी देखिन्छ ।
३ पाचनतन्त्रमा गडबडी : पाचनतन्त्रसँग जोडिएका समस्या छ भने बेवास्ता नगर्नुस् । यो पनि हृदयघातको लक्षण हुनसक्छ ।
४ आत्तिने : लगातार तनाव, चिन्ता र डर महसूस गर्नुहुन्छ भने सम्भावित हृदयघातको लक्षण हुनसक्छ ।
५ अत्यधिक पसिना : कसरत वा हिँडडुल गर्दा अत्यधिक पसिना आउनु त सामान्य कुरा हो र अकारण पसिना आयो भने चाहिँ हृदयघातको लक्षण हो ।
६ गोडा फुल्ने : मुटुलाई शरीरका अन्य अंगमा रगत पु–याउन समस्या आएमा शिराहरू फुल्छन् । यो फुल्नु भनेको हृदयघातको लक्षण हो ।
७ ढुकढुकी बढ्नु : धेरै दिनसम्म नसा र ढुकढुकी तीव्र गतिमा दौडिरहेका छन् भने बेवास्ता नगर्नुस् र चिकित्सकलाई अवश्य देखाउनुस् ।