बुटवल उपमहानगरपालिकाकाे २६ कानून राजपत्रमा प्रकाशित

रुपन्देही, ५ वैशाख ।

बुटवल उपमहानगरपालिकाले तयार गरेको ऐन, नियमावली, कार्यविधि र निर्देशिका स्थानीय राजपत्रमा प्रकाशित भएको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले प्रमाणीकरण भएका २६ वटा कानून राजपत्रमा प्रकाशन गरी आज सार्वजनिक गर्नुभएको हो ।

कार्य सम्पादन नियमावली–२०७४, नगरसभा सञ्चालन कार्यविधि–२०७४, निर्माण व्यवसाय ऐन–२०७४, न्यायिक कार्यविधि–२०७४, फोहोरमैला व्यवस्थापन ऐन–२०७४ लगायत छन् ।

उपमहानगरपालिकाका प्रमुख सुवेदीले राजपत्रमा प्रकाशित कानून प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेललाई हस्तान्तरण गरिने बताउनुभयो ।

नगरपालिकाका ३७५ आयोजना कार्यान्वयनमा भएको उल्लेख गर्दै उहाँले बुटवलमा रहेका ऐतिहासिक, पुरातात्विक, सामरिक गाथा बोकेका धरोहरको संरक्षण गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker