विवाहपछि लंडन सिफ्ट हुने सोनम कपुर!

मुम्बई, ५ वैशाख ।

बलिउड अभिनेत्री सोनम कपुर यतिबेला विवाहलाई लिएर चर्चामा छिन्। कहिले विवाहको तयारी त कहिले भेन्यूको डिटेल्सपछि अब अर्को जानकारी प्राप्त भएको छ। भारतीय संचारमाध्यमका अनुसार विवाहपछि सोनम लंडन सिफ्ट हुने भएकी छन्। फिल्मफेयरमा प्रकाशित एक समाचार अनुसार सोनम र आनन्दले लंडनको नटिङ हिल्समा २ बेडरुम भएको फ्याट किनेका छन्। विवाहपछि उनीहरु दुवै जना सोही फ्यालमा बस्ने योजना बनाएका छन्।

सोनमले शिफ्ट हुने विषयमा सोचिरहेको भएपनि उनी फिल्म क्षेत्र छोड्न सक्ने अवस्थामा छैनन्। विवाहपछि कामको सिलसिलामा उनी मुम्बई आउने जाने गर्नेछिन्। उनले विवाहकालागि पनि धेरै विदा लिएकी छैनन्। विवाहको तीन दिनपछि उनले काममा फर्किने तयारी गरेकी छन्। पहिला सोनम ‘वीरे दि वेडिङ’ मा व्यस्त हुनेछिन्। त्यसपछि नयाँ फिल्म ‘दि जोया फ्याक्टर’ को शुटिङमा व्यस्त हुनेछिन्।

संचारमाध्यमका अनुसार अनिल कपुरको घरमा विवाहको तयारी तीव्र गतिमा भइरहेको छ। सोनमको विवाहमा रणवीर कपुर, दीपिका पादुकोण र करीना कपूरसमेत कयौं फिल्मी हस्ती सहभागी हुने भएका छन्। साथै सोनमको संगीत सेरेमनीकालागि फराह खानले डान्स परफर्मेन्सेसको कोरियोग्राफी गर्नेछन्। सोनमको ७ देखि १० मेको बीचमा आनन्दसँग विवाह हुँदैछ। सोनम र आनन्द लामोसमयदेखि डेट गरिरहेका छन्। यद्यपी उनीहरुले आफ्नो सम्बन्धका विषयमा अहिलेसम्म खुलेर कुरा गरेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker