नेपालमा १५ महिनापछि पाइपबाट तेल

काठमाडौं, ५ बैशाख ।

बहुप्रतिक्षित मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाइपलाइन निर्माण आयोजनामा पाइप गाड्ने कार्य सुरु भएको छ। मंगलबार सिमरामा बाराका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले पाइप गाड्ने कार्यको शिलन्यास गरे। गत फागुन २३ देखि आयोजनाले पाईपको वेल्डिङ कार्य सुरु गरेको थियो। जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित तराई यातायात व्यवसायी संघको धर्मकाँटा नजिकबाट सोमवार खाडल खन्ने कार्य सुरु गरिएको थियो। आयोजना सम्पन्न गर्न छाेटो समयमा भारतीय पक्षले गरेको कामको बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले प्रशंसा गरे।  नेपाल अायल निगमकाे सिमारास्थित पेट्राेलियम पाइपलाइन अायाेजना कार्यालयका अायाेजनाविज्ञ शरदकुमार पाैडेलले पाइपलाइन  विस्तार कार्य अागामी १५ महिनाभित्र सक्ने लक्ष्य रहेकाे जानकारी दिए। आजको नयाँ पत्रिकामा  खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker