मुलरको ह्याट्रिकसंगै वायर्न म्युनिख उपाधि नजिक

बुटवल,५ बैशाख ।

जर्मन बुन्डेस लिगा च्याम्पियन वायर्न म्युनिख जर्मन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति वायर लिभरकुसेनलाई ६ – २ ले हराउदै वायर्न उपाधि नजिक पुगेको हो ।

लिभरकुसेनको घरेलु मैदानमा भएको खेलमा वायर्नलाई जित दिलाउन थोमस मुलरले ह्याट्रिक गरे ।  यस्तै रोबर्टो लेवान्डोस्कीले दुई तथा थियागो अलकान्टाराले एक गोल गरे । लिभरकुसेनका लार्स बेन्डर र लियोन बेलीले समान एक एक गोल फर्काए ।

पहिलो हाफको तेस्रो मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई सुरुवाती अग्रता दिलाए । नवौं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै वायर्नलाई २ – ० को अग्रता बनाए । खेलको १६ औं मिनेटमा लिभरकुसेनका बेन्डरले गोल गरेपछि पहिलो हाफको खेल २ – १ मा सकियो ।

दोस्रो हाफमा वायर्नका मुलर चम्किए । खेलको ५२ औं मिनेटमा मुलरले गोल गर्दै वायर्नको अग्रता ३ – १ को बनाए । खेलको ६१ औं मिनेटमा अलकान्टाराले गोल गर्दै वायर्नलाई ४ – १ को अग्रता दिलाए ।  ६५ औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गर्दा वायर्नको अग्रता थप फराकिलो बनेको थियो । यस्तै खेलको ७२ मिनेटमा लिभरकुसेनका बेलीले गोल गर्दै खेल ५ – २ मा ल्याए । तर, खेलको ७८ औं मिनेटमा मुलरले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरेपछि वायर्नले ६ – २ को फराकिलो जित निकाल्यो ।

यो सँगै वायर्न सिजनको दोस्रो उपाधि नजिक पुगेको छ । वायर्नले यसअघि बुन्डेस लिगाको उपाधि जितिसकेको छ । अब फाइनलमा वायर्नले शाल्के र फ्रान्कफर्टबीचको बिजेतासँग खेल्ने छ । फाइनल खेल मे १९ मा हुने छ ।एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker