सलमानले नेपाल आउन अदालतको अनुमति पाए

काठमाडौं, ४ वैशाख ।

बलिउड अभिनेता सलमान खानले नेपाल आउनको लागि अदालतको अनुमति पाएका छन् । कालो हरिण शिकार मुद्दामा उनलाई जोधपुर अदालतले अनुमति बिना देश नछाड्न भनेको थियो ।

सलमानको यही जेठ १२ गते काठमाडौंमा दबंग टुरको लागि नेपाल आउने कार्यक्रम छ । सलमान नेपाल आउने कार्यक्रम पहिले नै भए पनि त्यतिबेला सुरक्षाको कारण उनी नेपाल आएका थिएनन् । त्यसलगत्तै उनी जेल गएपछि नेपालको कार्यक्रमको मिति तोकिएको थिएन ।

सलमान जेलबाट छुटेलगत्तै उनी नेपाल आउने कार्यक्रमको मिति तोकिएको थियो । यही सिलसिलामा सलमानले नेपालसहित अमेरिका र क्यानडा जानको लागि अदालतको अनुमति मागेकोमा अनुमति पाएका हुन् । यद्यपि सलमानले यो मुद्दाबाट सफाइ भने पाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker