चलचित्र ‘चङ्गा’को ‘कम्पनी माला’ गीत सार्वजनिक

काठमाडौँ, ४ वैशाख ।

चलचित्र ‘चङ्गा’मा समावेश गीत कम्पनी माला सार्वजनिक भएको छ। जेठ २५ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘चङ्गा’ को पहिलो गीत रिलिज भएको छ।

प्रचारको पहिलो सुरुवात भन्दै निर्माण टिमले फिल्ममा समावेश लोक फ्लेभरको गीत ‘कम्पनी माला’ दर्शकमाझ ल्याएको हो। सार्वजनिक गीतमा राजनराज शिवाकोटीको संगीत छ। शब्द राजेन्द्र थापाले लेखेका छन्।

फिल्ममा सबैजसो मुख्य कलाकार फिचर गीतमा स्वर संगीतकार रहेका शिवाकोटीसँगै अञ्जु पन्तको छ। भिडियोमा कोरियोग्राफी कविराज गहतराजको छ। एरेञ्जको काम शैलेन्द्र प्रधानले गरेका छन्।

निर्देशक किशोर भण्डारी ‘डिट्ठासाब’ले सार्वजनिक गीतलाई फिल्मको कथा र परिवेश सुहाउँदो भनेका छन् । पुर्णतः कमेडी फ्लेभरको फिल्मलाई लिएर निर्देशक भण्डारी आशावादी देखिए।

बुद्धि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा र लक्की भण्डारी ‘चङ्गा’मा लिड अभिनयमा छन्।

फिल्ममा राजनराजसँगै कमल खत्रीको संगीत समावेश छ भने क्यामेरा रविन आचार्यले चलाएका छन् । निर्देशक भण्डारीकै कथा समावेश फिल्मको निर्मात्री कलाकार समेत रहेकी रेश्मा नै हुन् । कार्यकारी निर्मातामा प्रकु पाण्डे छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker