बुटवलका घरमा डोजर चल्यो, स्थानीय र राजनीतिक दल विरोधमा

बुटवल, ४ बैशाख ।

बुटवलमा सडक परियोजनाले बाटो वनाउनकाे लागी आफ्नो बाटोमा पर्ने घर जग्गाहरु हटाउन दिएकाे समयसिमा सम्म अटेर गरेकाे भन्दै डोजर लगाएर  भत्काउन सुरू गरेको छ ।

विगत ६ वर्ष अघिदेखि सडक बिस्तार गर्ने भनिएतापनि सडक मिचेर घर बनाउनेलेनै अवरोध गरेपछि काम अघि बढ्न सकेको थिएन।

तर आजबाट भने सडक वनाउने जिम्मा पाएकाे निकाएलेनै बाटो बनाउनकाे लागी डोजरनै चलाएर भए पनि काम अगाडी बढाएकाे छ ।

हाल ७५ फुट बुटवल राजमार्ग चौराहदेखि गोलपार्क सम्मको साढे ३ किलोमिटर सडकलाई ८२ फुट बनाउन बेलहिया-बुटवल ब्यापारिक मार्ग बिस्तार आयोजनालाई जिम्मा दि‍एपछि सडक निर्माणको काम शुरु भएको हो।

सार्वजनिक सडक मिचेर बनाएका घर टहरा भत्काउन दिएको १५ दिनको समय सीमा सकिँदा पनि घर भत्काउन कसैले चासो नदिएपछि परियोजना आफैंले डोजर लगाएर मंगलबारदेखि भत्काउन शुरु गरेको हो।

‘हामीले सडक सीमा भित्र बनेका संरचना भत्काउन र सडक बिस्तारमा सहयोग गर्न पटक पटक आग्रह गरीरह्यौं, तर उहाँहरूले नमानेपछि आफैं संरचना भत्काउन बाध्य भएका हौं,’ आयोजना प्रमुख जिवेन्द्र मिश्रले भने।

आयोजनाले पटक पटक घर टहरा भत्काउन ताकेता गरेपछि कतिपय घरधनीले भने आफैं घर भत्काएर बनाईसकेका छन्। बढ्दो शहरीकरण, सवारी साधनको चाप र जनसंख्याको बृद्धीका कारण सरकारलाई सडक बिस्तारका लागि दबाव बढ्दै गएको थियो।

तर, बुटवलका व्यापारिक संघसंस्थाहरुको अगुवाईमा घरधनी सडक बिस्तार कार्यलाई अगाडि नबढाउन भन्दै उच्च अदालत लुल्सिपुर बुटवल ईजलासमा मुद्धा दायर गरेपछि परियोजनाले सडक निर्माणको काम अगाडी बढाउन सकेको थिएन । हाल अदालतले घरधनीले दिएको मुद्दाको अन्तरिम आदेश दिनु नपर्ने फैसला गरेपछि सडक विस्तारको काम अगाडि बढेको हो।

बुटवलदेखि गोलपार्कसम्म साढे तीन किलोमिटर सडकक्षेत्र मिचेर बनाईएका ३ सय ११ वटा घर भत्काउनुपर्ने छ। केही घरधनीले भने आफैं भत्काईसकेका छन्। निर्वाचनको समयमा केही राजनीतिक दलहरुले भत्काउन नपर्ने भन्दै निराधार हल्ला फैलाएपछि केही घरधनीहरु दोधारमा समेत परेका थिए।

सिद्धार्थ राजमार्गको बुटवल बेलहिया सडक खण्डमध्ये राजमार्ग चौराहदेखि बेलहियासम्मको सडक किनारका घर भत्काएर बिस्तार गरेको आयोजनाले चौराहदेखि गोलपार्कसम्मको खण्ड नभत्काउदा आलोचना भएको थियो।

आयोजना प्रमुख मिश्रले २०३१ सालभन्दा अघि घर बनाएका घरधनीलाई मुआब्जा समेत दिईने जानकारी दिए।

सडक विस्तारको जिम्मा द कञ्चनजङघा बिरूवा जेभी कन्स्ट्रक्सन प्रालि, काठमाडौंले लिएको छ। गत वर्ष चैत ३० गते ३० महिनाभित्र चार लेनको सडकलाई ६ लेनमा विस्तार गर्ने गरी ४१ करोड २३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

ठेकेदार कम्पनीले हालसम्म ४ करोड रुपैया भुक्तानी लिईसकेको छ । यो सडक विस्तार २०७६ असोजसम्म सक्नुपर्ने सम्झौता छ।

बिरोध गर्दै संघसंस्था र दलहरु 

सडक बिस्तारमा ढिलाई गरेको भन्दै आलोचना भईरहदा बुटवलमा क्रियाशिल राजनीतिक दल र संघसंस्थाहरु पनि सडक बिस्तारको विपक्षमा उभिएका छन्।

आफ्ना मतदाता र व्यवसायीले सडक सीमा मिचेका घर भत्काउनुपर्ने भएपछि छटपटिएका बेला बुटवलका संघसंस्था र राजनीतिक दलहरुले सामूहिक हस्ताक्षरसहित घर नभत्काउन दबाब दिएका छन्।

मंगलबार पनि सडक बिस्तार आयोजनाले डोजर लगाएर संरचना हटाउँदै गर्दा व्यवसायीहरुले विरोध गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker