एमालेमा बिग्रह : माधव नेपाल समुह औपचारिक रुपमा फुट्दै, ४ बजे पत्रकार सम्मेलन

काठमाडौं, ४ बैशाख ।

नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल दुई खेमामा बिभाजित हुने भएको छ । युवा संघको नयाँ नेतृत्वको चर्चा चलिरहेका बेला नेता माधवकुमार नेपाल पक्षले युवा संघ विभाजनको निर्णय गरेका हुन् ।

४ बजे पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिने तयारी भएको सचिव नरेश शाहीले बताए ।

अध्यक्ष राजीव पहारी, पूर्व अध्यक्ष महेश बस्नेतलगायतको समूह बामपन्थी एकतादेखि विधि र नियम मिच्न उद्यत रहेको ठहर गर्दै समानान्तर कमिटी गठनको निर्णय भएको शाहीले बताए ।

युवा संघलाई राजनीतिक संगठनभन्दा पनि लुटीखाने भाँडो बनाएर चलाएको ठहर नेपाल समूहको छ ।

‘कसको नेतृत्वमा समानान्तर कमिटी गठन गर्ने भन्ने छलफल जारी छ, समानान्तर कमिटी गठन गर्ने निर्णय भइसकेको छ’, शाहीले भने विधि, प्रणाली र राजनीतिक काम नगरेका कारणले हाम्रो समूहले समानान्तर कमिटी गठन गरेर अघि बढ्नु उचित हुने ठहर गरेको छ ।’ नुवाकाेट एक्सप्रेसले खबर लेखेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker