तपाईंलाई धेरै रिस उठ्छ ? चिनी खानुस !

काठमाडौँ, ३ वैशाख  । 

तपाईंलाई धेरै रिस उठ्छ ? रिस उठ्नु राम्रो त हैन । भनिन्छ रिस सबैको सत्रु हो, रिसले सब नास्दछ । हो सबै नास्नु भन्दा रिसलाई नै नास्नु बुद्धिमानी हुनेछ ।

चिनी खाँदा जिब्रोमा जति मिठास उत्पन्न हुन्छ, त्यति नै तनाव अन्त्य गरेर मीठो प्रतिफल पनि प्राप्त हुने लन्डन युनिभर्सिटीका वैज्ञानिकहरूले बताएका छन् । उनीहरूले अनुसन्धानपछि दाबी गरेका छन् कि, चिनीले रिस अन्त्य गरेर दिमाग शान्त र रोमान्टिक बनाउन मद्दत गर्छ । वैज्ञानिकहरूले एउटा यस्तो दाबी पनि गरेका छन् कि, चिनीले रिस कम गर्न भूमिका खेल्छ ।

उनीहरूका अनुसार मस्तिष्कको एक हिस्साले हरेक कुराको निर्णय लिने र आक्रोश नियन्त्रण गर्ने काम गर्छ र चिनीले मस्तिष्कको उही हिस्सालाई ऊर्जा दिएर सक्रिय बनाउँछ । कैयौँ पुरुष र महिलालाई दुई समूह बनाएर यो अनुसन्धानमा सहभागी गराइएको थियो ।

एक समूहलाई चिनी राखिएको कागती पानी र अर्को समूहलाई कृत्रिम मिठासयुक्त परिकार खान दिइएको थियो । शोधकर्ताले भनेका छन्, चिनी मिसाइएको कागती पानी पिउनेको दिमाग अर्को समूहको तुलनामा केहीबेरमै शान्त र रोमान्टिक पाइएको थियो । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker