झन् बढ्यो प्रदिपको स्टारडम

काठमाडौँ, २ वैशाख।

नयाँ पुस्ताका नायक प्रदिप खड्काको नयाँ फिल्म लिलिबिली शुक्रबार देखि प्रदर्शनमा आएको छ । शुक्रबार ठिकै सुरुवात गरेपनि प्रदिपको क्रेज शनिबार देशभरका हलमा देखिएको छ । शनिबार नयाँ बर्षको करण पनि अलिकति फाइदामा रहेको लिलिबिली देशभर हाउसफुल चलेको छ ।

मोफसलका प्रमुख स्टेशनहरु पोखरा, विर्तामोड, दमक र चितवनका पर्दाहरुमा पनि ‘लिलिबिली’ हाउसफुलका साथ चलेको रिपोर्ट आएको छ । फिल्मले शनिवार मात्र फिल्मले ८० देखि एक करोडको ग्रस कलेक्सन गरेको अनुमान गरिएको छ ।

यस फिल्मबाट नेपाली फिल्म क्षेत्रले सम्भावना बोकेको नायिका जसिता गुरुङलाई पाएको छ । फिल्मको रिलिज अगाडिसम्म प्रदीप खड्काको स्टारडमको छायाँमा पर्ने डर भएपनि फिल्म रिलिज भएपछि उनको कामको तारिफ भएको छ । फिल्मको गीतसंगीत र ट्रेलरबाटै जसिताको तारिफ भएपनि फिल्म हेरेपछि उनको सुन्दरता र अभिनयको प्रशंसा भैरहेको छ ।

फिल्म विश्लेषकले फिल्मको सबैभन्दा बलियो पक्षको रुपमा जसिताको अभिनयलाई पनि उदृत गरेपछि उनि नेपाली सिनेमा जगतमा सम्भावना बोकेकी नयाँ नायिकाको रुपमा आएकी छन् । लामो समयदेखि बेलायतमा बस्दै आइरहेकी उनको नेपाली बोलाई शुद्ध नभएको कारण फिल्ममा जसिताको आवाज भने अभिनेत्री सारा सिर्पालीको स्वर डविङ गराइएको छ ।

मिलन चाम्स निर्देशित यस फिल्ममा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ । काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘लिलिबिली’ मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker