कुश्मा नगरपालिकाकी उपप्रमुख सवारी दुर्घटनामा घाइते

पर्वत,२ वैशाख ।

कास्कीको पोखरा लेखनाथ उपमहानगरपालिका ३२ तल्लो गगनगौँडामा भएको सवारी दुर्घटनामा परी पर्वतका कुश्मा नगरपालिकाकी उपप्रमुख सीता काफ्ले लामिछाने घाइते भएकी छन् ।

काठमाडौँबाट पर्वततर्फ फर्किंदै गर्दा काफ्ले सवार ना४च ५०५४ नम्बरको बोलेरो जिपलाई पोखराबाट दुलेगौडाका लागि छुटेको ना २ ख ९७८९ नम्बरको ट्रकले शनिबार ठक्कर दिएको थियो । जिपमा सवार उपप्रमुखसहित उनकी छोरी, यात्रु शिव क्षेत्री र चालक विनोद क्षेत्री पनि घाइते भएका छन् । ट्रकको ठक्कर पछि जिप सडकमा पल्टिएको थियो ।

उनीमध्ये दुई जनाको गण्डकी मेडिकल कलेज र ३ जनाको मणिपाल अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले जिप, ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker