माओवादी केन्द्र सँग पार्टी एकता गर्ने सहमति भएको छैन चुनाबी तालमेल मात्र हो : झलनाथ खनाल

विराटनगर, २ बैशाख ।

पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले का वरिष्ठ नेता झलनाथ खनालले नेकपा माओवादी केन्द्र सँग ५०–५० प्रतिशत भागबण्डामा पार्टी एकता गर्ने कुनै सहमति नभएको खुलासा गरेका छन् । विराटनगर विमानस्थलमा आज अपराह्न सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन् । सञ्चारकर्मीहरुसँग बोल्दै उनले दुवै पार्टीका अध्यक्षबीच आपसी समानता र सहमतिका आधारमा पार्टी एकता हुने र अरु बाँकी सबै सञ्चारमाध्यमको हल्लामात्र भएको प्रष्ट पारे ।

पार्टीका वरिष्ठ नेता खनालले दुवै पार्टीबीच एकता अगाडि र पछाडि कुनै लिखित सम्झौता नभएको र नहुने बताउँदै एकतापछि पार्टीका हालका लागि दुई अध्यक्ष हुने अरु संगठनमा आपसी समझदारी चयन गर्ने बताए ।

उनले दुवै पार्टीबीचको आपसी एकता प्रक्रिया कुनै हालतमा नरोकिने ठोकुवा गर्दै आगामी वैशाख ९ गते पार्टी एकीकरणको मितिसमेत नसर्ने प्रष्ट पारे ।

नेता खनालले दलको एकीकरण सम्बन्धमा राजनीतिक र सांगठनिक प्रतिवेदन तयार रहेको र प्रतिवेदन जनयुद्धका सम्बन्धमा सकारात्मक रहेको स्पष्ट पारे ।

एक प्रश्नको जवाफमा उनले सचिव सरुवा सम्बन्धमा केही कार्य गर्दा कोही पनि कहिले पनि पूर्ण सन्तुष्टि हुँदैन भन्दै असन्तुष्टबाट नै राम्रो कामको शुरुवात भएको बताए ।

नेता खनालले वाम गठबन्धन सरकार भर्खरै निर्माण भएको बताउँदै जनताले अनुभूति गर्ने विकास र मुलुकको आर्थिक समृद्धिमा सरकारले दु्रत गतिबाट कार्य गर्ने विश्वास व्यक्त गरे । प्रहार न्युजले खबर लेखेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker