मानसिक तनावबाट मुक्त हुन प्राणायाम

 काठमाडौँ, २ वैशाख ।

प्राणलाई नियन्त्रित र अभिवृद्घि गर्ने प्रणाली लाई प्रणायाम भनिन्छ । अथवा प्राणायाम भनेको श्वाश–प्रश्वास संग सम्वन्धित यौगिक अभ्यास हो ।

काम, घरपरिवार, मानसिक तनाव आदिका कारण मन एकाग्र बनाउन मानिसलाई मुस्किल पर्छ । तर, मानिसले मनलाई एकाग्र बनाउन भने आवश्यक छ । जसले शारीरिक तथा मानसिक रूपमा फाइदा पु(याउँछ । त्यसका लागि प्राणायामको सहयोग लिन सकिन्छ । प्राणायामले मनलाई सन्तुलित बनाउन भूमिका निर्वाह गर्छ ।

प्राणायामको तरिका:

  • पहिला योगगुन्द्रीमा आरामसँग बस्ने  ।
  • श्वासप्रश्वासको अवलोकन गर्ने ।
  • प्राणायाम अभ्यासका लागि आफ्नो दिमागमा चित्र उतार्ने ।
  • आरामसँग गुन्द्रीमा उभिने ।
  • अनिदायाँ र बायाँ हातलाई व्यवस्थित तरिकाले राख्नने
  • दायाँ खुट्टालाई खुम्च्याएर बायाँ गोडाको तिघ्राको कापमा व्यवस्थित तरिकाले राख्ने  ।
  • अनि बिस्तारै श्वास लिएर दुवै हत्केलालाई नमस्कार मुद्रामा राख्ने  अनि बिस्तारै श्वास छाड्ने  ।
  •  श्वास लिँदै शरीरलाई पूर्ण रूपमा सन्तुलनमा राखी नमस्कार मुद्रामा रहेको हातलाई आरामसँग टाउकोमाथि पुर्यानउने ।
  •  श्वासछाडेर शरीरलाई पूर्ण सन्तुलनमा राख्दै ३०सेकेन्डदेखि एकमिनेटसम्म गर्न सकिन्छ ।
  • आसनको अन्त्य गर्नका लागि श्वास पूरा लिने  र बिस्तारै श्वास छोड्दै हत्केलालाई तल झार्ने  ।
  • अभ्यास पटक–पटक दोहो(याउन सकिन्छ ।
  • आसन समाप्त गरेर केही समय श्वास र शरीरको अवलोकन गर्ने। एजेन्सी ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker