इन्टरनेटमा भाइरल भैरहेको यो एक जोडी, वास्तवमा को हुन् उनीहरु ?

एजेन्सी, हिजो आज सोसियल मिडियामा एक अत्यन्तै कालो वर्णको केटा र राम्री सेतोवर्णको केटीको फोटो भाइरल भैरहेको छ । फेसबुकमा मात्र हैन यी दुइको फोटो ट्वीटर, व्ह्वाट्सएप मा पनि उत्तिकै भाइरल भैरहेको छ ।

यो जोडीको फोटोलाई लिएर धेरै मानिसहरुले खिल्ली उडाइरहेका छन, उनीहरुको जोडी पटक्कै नमिलेको बताईरहेका छन । तर ति युवकको छालाको रङमा नजानुहोस उनि कुनै साधारण मानिस भने हैनन् । उनि हुन् मुभी डाइरेक्टर र स्क्रिनप्ले राइटर एटली कुमार । उनले निक्कै राम्रो बजार गरेको तमिल फिल्महरु निर्देशन गरिसकेका छन ।

को हुन् युवती चाहि ?

फोटोमा देखिएकी युवती हुन् कृष्ण प्रिया । उनि पनि टेलिभिजन अभिनेत्री हुन् । उनले धेरै टिभी सिरियलमा अभिनय गरि सकेकी छिन् । सानो पर्दामा मात्र नभई उनले दक्षिण भारतीय फिल्म ‘सिंघम’ मा पनि अभिनय गरिसकेकी छिन् ।

यो त भयो उनको परिचय तर यी युवती र ति कालोवर्णको युवक एटली कुमार बीच के सम्बन्ध होला ?

वास्तवमा उनीहरु श्रीमान श्रीमती हुन्, उनीहरुले ८ बर्ष लामो लब अफेयर पश्चात बिबाह बन्धनमा बाधिएका हुन् । उनीहरुले मे २०१४ मा नै बिहे गरेका थिए भने उनको बिबाहमा दक्षिण भारतीय मुभी स्टारहरु पनि सरिक भएका थिए ।

यस अगाडी पनि बंगलादेशी नायक अलोम उर्फ अशरफुल आलम सईद र नायिकाको फोटो पनि यसै गरि भाइरल बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker