झलनाथ खनालकाे भनाइ पार्टी एकता भाड्ने खालकाे , माओवादीलाई यसरी दिए काउन्टर

काठमाडौं, १ बैशाख ।

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रिया अघि बढिरहेका बेला एमाले वरिष्ठ नेता झलनाथ खनालले एकता भाड्ने खेलमा लागेका छन्। वाम गठबन्धनको घोषणा हुने वितिकै दुई पार्टीका नेता कार्यकर्तालाई एकताविरोधी अभिव्यक्ति नदिन र एकअर्काविरुद्ध नबोल्न सहमतिसहित निर्देशन दिइएपनि नेता खनाल भने अन्तिम चरणमा पुगेको एकता भाड्न आपत्तिजनक अभिव्यक्ति दिँदै हिडेका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले शुक्रबार एमाले अग्रगामी पार्टी भएको र माओवादी पछौटे भएको भन्ने अभिव्यक्ति दिएपछि माओवादी नेताहरु आक्रोशित बनेका छन्। एमाले अग्रगामी पार्टी भएको र माओवादी भने एमालेभन्दा ‘एक स्टेप पछाडि’ रहेको खनालको विश्लेषण छ ।

एमाले र माओवादीबीच साझा घोषणापत्र र विधान तयार भइरहेको बताउँदै नेता खनालले सो साझा दस्तावेजबाट पनि असंगति नहट्ने दाबी गरे ।
शुक्रबार राजधानीमा आयोजित नेपाल अध्ययन केन्द्रको एक अन्तरक्रियामा प्रमुख अतिथि बनेका खनालले भने– ‘नेकपा एमाले अलि अग्रगामी छ, माओवादी अलिकति केही स्टेप पछाडि छ । अब एउटै लेबलमा आउनुपर्‍यो ।’

तर, पार्टी एकता हुनासाथ दुई पार्टीभित्रको असंगति नसकिने र माओवादी र एमाले एउटै लेबलमा नआउने खनालले तर्क गरे । उनले भने– ‘हामीले एउटा लेबलमा ल्याउनका लागि अब आउने जुन घोषणापत्र छ, त्यसपछि पनि म के ठान्छु भने यो असंगति केही न केही रुपमा बाँकी रहनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker