भारतको निर्देशनपछि ओलीले यसरी देखाए असली रुप, उपेन्द्र यादवको बिचल्ली

काठमाडौं, ३० चैत ।

सरकारमा जाने संघीय समाजवादी फोरम नेपालको सपना केपी ओली र उनको दल नेकपा एमालेका कारण धरासायी हुने अवस्थामा पुगेको छ ।

ओली भारत भ्रमणबाट आएपछि संघीय फोरमलाई सरकारमा लैजान खासै रुचि देखाएका छैनन् । सरकारमा सामेल हुने औपचारिक निर्णय गरिसकेको संघीय समाजवादप् फोरम नेपाल सत्ताको प्रमुख घटक एमालेको कार्याशीलीबाट सशंकित भएको छ ।

एमालेका कारण सरकारमा सहभागी हुन ढिलाई भएका फोरमका नेताहरूले जनाएका छन् ।

संविधान संशोधनका लागि लिखित सहमति गर्न सरकारले आलटाल गरेको भन्दै फोरमका नेताहरूले एमालेप्रति असन्तुष्टि जनाएका हुन् ।

संविधान संशोधनमा सरकारको लिखित प्रतिवद्धता नआएसम्म पार्टी सरकारमा नजाने फोरमका नेताहरूले प्रस्ट पारेका छन् । एमालेकै कारण पार्टी सरकारमा जान अड्किएको उनीहरूको भनाई छ । नेपालपनाले खबर लेखेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker