निर्मल र तुलसीको लोकदोहोरी ‘घाती’ बजारमा

काठमाडौं, ३० चैत ।  

लोक दोहोरी संगीत प्रतिको मोह र आफनो परम्परालाई जर्गेना गर्नको लागि आजको विषम परिस्थीतीमा पनि निरन्तर रुपमा सष्टा तथा सर्जकहरु लागी गर्नुभएको छ ।

यसै क्रममा पुजा डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा गायक निर्मल केसी र गायिका तुलसी धर्तिको सुमधुर आवाजमा सजिएको लोकदोहोरी ‘घाती’ युटुव मार्फत बजारमा आएको छ ।

नेपाली जनजिव्रोमा र ग्रामिण क्षेत्रमा रहेका भाकालाई संरक्षण गर्ने कार्यमा यस प्रकारका गीतको ठुलो भुमिका रहेको छ ।

विछोडका भाकालाई मन बुझाउने माध्यम बनाएर पोखिने बेदनाले आफनै दुखको आभाष दिलाउने काम गर्दछ । शब्द तथा भद्र नकलको लय सिर्जना रहेको छ ।

गीतको म्युजिक भिडियोलाई मान सिंह खड्काले निर्देशन गरेका छन् । ‘गीतको भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका हुन भने सम्पादन रमित ओलीले गरेका छन । भिडियोमा सारिका केसी र उमङग श्रेष्ठको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker