विद्यार्थीलाई फोहोरी भन्दै हेला गर्ने, पिट्ने गरेपछि..

गौर, ३० चैत ।

कटहरियास्थित डुमरियाका एक सय मुसहर बालबालिका विद्यालय जान सकेका छैनन् ।

साथी तथा शिक्षकले पिट्ने डरका कारण उनीहरु विद्यालय जान छाडेका हुन् । आजको अन्नपूर्ण पोस्टले पृष्ठ ८ मा यो समाचार छापेको छ ।

एक मिलोमिटर दुरीको विद्यालयमा गत बर्ष नाम लेखाए पनि उनीहरु बढाइाट बञ्चित हुँदै आएका छन् ।

विद्यालय जाँदा फोहोरी भन्दै मुसहर बालबालिकालाई अन्य विद्यार्थी तथा शिक्षकले हेला गर्ने, पिट्ने गरेपछि पढ्न जान छाडेको अभिभावकको भनाइ छ ।

यो टेलमा ५८ घर मुसहरको बसोबास छ । टोलका सबै बालबालिका विद्यालय जाँदैनन् ।

उनीहरुको भएटै भनाइ छ, विद्यालय जाँदा गाली गर्छन्, कुटाइ खानुपर्छ ।

(प्रदेश २ का ८ जिल्लामा झन्डै दुई लाख बालबालिका अझै विद्यालयबाहिर छन् ।  क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चलको तथ्यांकले १ लाख ९१ हजार बालबालिका विद्यालयबाहिर रहेको देखाएको हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker