सरकारबाट चीन भ्रमणको गृहकार्य

काठमाडौँ, ३० चैत । 

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किएलगत्तै सरकारले अर्को छिमेकी मुलुक चीन भ्रमणको गृहकार्य अघि बढाएको छ ।

भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी साता चीन भ्रमणमा जाँदै छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवालीको आगामी सोमबार चीन जाने तयारी छ ।

दुवै मुलुकबीच विगतमा भएका सहमति सम्झौता कार्यान्वयनमा भएका प्रगति र प्रयासको समीक्षा गर्न र उच्चस्तरीय भ्रमणको तयारीका लागि उनी बेइजिङ जाने तयारीमा जुटेका हुन् ।

चिनीयाँ समकक्षी वाङ यीको निमन्त्रणामा मन्त्री ज्ञवाली चीन भ्रमणको तयारीमा जुटेका हुन् । नेपाल समाचारपत्रमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker