सेक्स पावरको औषधी अधिक भएका कारण होटलमा प्रेमीसँग बसेकी युवतिको मृत्यु

एजेन्सी, भारतमा आफ्ना प्रेमीसँग एक होटलमा पुगेकी युवतीको सेक्स पावरको औषधीको अधिक मात्राका कारण मृत्यु भएको छ ।भारतिय मिडियाका अनुसार सूई लगाउने बित्तिकै युवतीको स्थिती बिग्रिएपछि उनका प्रेमीले उनलाई होटलमा नै छोडी फरार भएको र उनलाई प्रहरीले खोजी गरिरहेको बताइएको छ ।पुलिसका अनुसार भारतको अमृतनगरस्थित रशिद कम्पाउन्डमा बस्ने २९ वर्षीया युवती गत आइतबार अशोका होटल पुगेकी थिइन् ।

त्यहाँ युवतीले सेक्स पावर बढाउने सूई लगाएको पुलिसले बताएको छ ।इन्जेक्शनको डोज धेरै भएका कारण उनको स्थिती खराब भएपछि प्रेमीले होटलको कोठामा नै छोडेर फरार भएको हुन सक्ने बताइउको छ ।

केही समयपछि होटलका कर्मचारीले ढोका खोलेर हेर्दा युवती बेहोस भएको स्रोतले जानकारी दिएको छ ।पुलिसका अनुसार गम्भीर अवस्थामा अस्पताल पुर्याइएकी उनको प्राथमिक उपचारपश्चात् होस आएको र उनले आफ्नो नाम, ठेगाना डाक्टरलाई बताए लगत्तै ति युवतिको मृत्यु भएको भारतिय मिडियाले जनाएका छन् ।

.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker