गर्मीमा पहिरन कस्तो लगाउने ?

काठमाडौं, २९ चैत । 

गर्मीको मौसम शुरु भएको छ । दिनहुँ तापमान बढ्दैछ । जति गर्मी बढ्यो, उत्तिनै आफ्नो लुगा बोझिलो लाग्छ ।

पसिना र धूलो–धुँवाले शरीरमा गन्ध आउन थाल्छ । यावत् समस्याबाट कसरी पार पाउने ? कस्तो पहिरन लगाउने ? कसरी कुल देखिने  ? यो चिन्ता तपाईंमा पनि छ भने अपनाउनुस यी उपाय ।

-अहिलेको मौसमसँग कम्बिनेसन मिलाउन कलरफुल पहिरन उपयोगी हुन्छ ।

-ब्राइट कलर उपयुक्त हुन्छ । यसले घामको किरणलाई परावर्तन गरेर सितलता प्रदान गर्छ ।

-पसिनाको दुश्प्रभावबाट बच्न सुतीको पहिरन उपयोगी हुन्छ ।

-फिटिङ्स लुगा लगाउनु हुन्न । लुज पहिरनले सुहाउँदो र ट्रेन्डी देखिन्छ ।

-सरसफाइमा बिशेष ध्यान दिनुपर्छ । प्रत्येक दिन चिसो एवं सफा पानीले नुहाउने गर्नु पर्छ ।

-केस तथा दाह्री जुँगा संभव भएसम्म छोट्याउने ।

-गर्मीमा घर वाहिर निस्कनुअघि लुगाले नछोप्ने खुला भागमा सन प्रोटेक्सन क्रिम लगाउनु पर्छ ।

-घर वाहिर हिँडडुल गर्दा छाता ओड्नु पर्छ ।

-सकेसम्म पुरै शरीर ढाक्ने पहिरन लगाउनु पर्छ । सनग्लासको प्रयोगले आँखाको सुरक्षा त गर्छ नै फेसनेवल पनि देखाउँछ ।

-गर्मीमा धेरै पसिना आउने भएकाले शरीरमा पानीको मात्रा कम हुन्छ । त्यसैले पर्याप्त पानी पिउनुपर्छ ।

-मौसमी फल र ताजा सलादको सेवन पनि लाभदायक मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker