यसरी बदल्नुहोस्,दिउसो झुल्ने बानी

काठमाडौं, २९ चैत ।

 केही मनिसको भने प्राय निदाउने वा झुल्ने आदत हुन्छ । कार्यलमा काम गर्दा वा समारोहमा सहभागी हुँदा उनीहरु सार्वजनिक रुपमै झुल्ने गर्छन् जसका कारण उनीहरुलाई लज्जाबोध हुने गर्छ । यदि तपाईलाई यस्तै निदाउने समस्या छ भने केही व्याबहारिक टिप्स पालना गर्न सक्नुहुन्छ ।

यदि तपाई सक्नुुहुन्छ भने ८ घन्टा नै सुत्नुहोस् । यदि सक्नुुहुन्न भने कम्तिमा पनि ६ घन्टा सुत्ने प्रयास गर्नुहोस् । तपाई रातमा प्रर्याप्त सुत्न भयो भने दिउसो झुल्ने वा अल्छि महशुस गर्न छोड्नुहुन्छ ।
यदि रातमा सुत्दा पनि निद लाग्छ भने खान खाइसकेपछि मध्याह्नमा हल्का सुत्नुहोस् ताकी तपार्इँले स्वस्थ महशुस गर्न सक्नुहुन्छ ।
बारम्बार चिसो पानीले अनुहार धुनुहाहोस्। कोठा बढी उज्यालो बनाउनुहोस ताकी तपाईलाई निन्द्रा नलागोस र सक्रीय हुन सक्नुहुनेछ ।
निन्द्रा लाग्ला जस्ता भयो भने केही शारीरिक व्यायाम गर्नुहोस् । स्वच्छ हावामा हिडडुल गर्नुहोस् ।
गहिरो श्वास लिनुहोस् र श्वास छोड्नुहोस् । यो क्रम निरन्तर ५ मिनेट गर्नुहोस बिस्तारै निद हराउँछ ।
रातमा धेरै कफी तथा मदिरा नपिउनुहोस् । किनकी यसको असर ८ घन्टा बढी हुने भएकोले तपाईँको निन्द्रालाई असर गर्न सक्छ ।
राती धेरै खाना नलिनुहोस । त्यस्तै रातीको खानाअघि धेरै पानी नखानुहोस ताकी रातभर व्युझन नपरोस् ।
राती राम्रोसँग निदाउन तातो पानीले नुहाउनुहोस् ।
रातको समयमा कोठाको वातावरण शान्त बनाउनुहोस् । रातमा मस्त निदाउनु भनेको दिनमा झुल्न नपाउनु हो ।
निन्द्रा नलाग्ने औषधी नखानुहोस् यसले तपाईँको निन्द्रामा दीर्घकालिन प्रभाव पार्छ ।
पोषिलो र स्वस्थ भोजन गर्नुहोस् । अत्यधिक चक्लेटहरु नखानुहोस् । ताजा फलफुल र सागसब्जी खानुहोस् ।
आनन्द हुनुहोस, चिन्ता र डिप्रेसनले पनि झुलाउँछ ।
दिउसो पर्याप्त पानी पिउनुहोस, गर्मी मौसममा बढी झुलिने भएकोले बरफ, आइसक्रिम, दही,र चिसो पेय पर्दाथ खानुहोस् ।
अत्यधिक निन्द्रा लाग्ने अत्यधि समस्या छ भने थोरै तर बारम्बार खानुहोस् । बिहानमा धेरै खाना खाँदा पनि निन्द्रा लाग्छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker