दिल्लीबाट मातृका यादवको भनेः एमालेसँग पार्टी एकता हतारमा गर्न नहुने, बालुवाटारमा खैलाबैला

नयाँ दिल्ली, २९ चैत ।

नयाँदिल्लीमा अड्डा जमाएर बसेका माओवादी केन्द्रका नेता तथा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले एमालेसँग पार्टी एकता हतारमा गर्न नहुने बताएका छन् ।

दिल्लीमा नेपाली पत्रकारहरूसँग कुरा गर्दै यादवले पार्टी एकताका विषयमा एमाले र माओवादीबीच पर्याप्त गृहकार्य र छलफल आवश्यक रहेको बताए । उनले छलफलबिना एकताको लागि मिति तोक्नु उपयुक्त नहुने उल्लेख गरे । ‘पार्टी एकता चुनाव आइसक्यो, अब गठबन्धन बनाइहालौँ भने जस्तो होइन । धेरै कुरा माझ्नु पर्छ’, उनले भने, ‘चुनावका बेला र त्यसयता भएका सहकार्यको पनि समीक्षा हुनुपर्छ । माओवादी केन्द्रबाट कहाँकहाँ त्रुटि भयो र एमालेबाट कहाँकहाँ त्रुटि भयो ? त्यसको समीक्षा गर्नुपर्छ । हामी अझै धेरै ठाउँमा जित्न सक्थ्यौं किन हार्‍यौँ भन्नेमा पनि छलफल हुनुपर्छ ।’

पार्टी एकताको मिति हतारमा तोकेको भन्दै माओवादी नेता यादवले भने, ‘बरु थप छलफल गरौं र एकतालाई सहज बनाऔं । तलदेखि माथिसम्म कसरी संरचना तयार गर्ने त्यसबारे पहिल्यै छलफल गर्रौं र राम्रो गृहकार्य गरौं भन्ने मेरो धारणा छ ।’

एमालेका नेताहरूलाई भविष्यको चिन्ता रहेको उनले बताए । ‘तर, अहिले बाहिर आएको जस्तो यति नै हुनुपर्छ र यसरी नै हुनुपर्छ भनेर तत्काल एकता गर्दा राम्रो नतिजा आउने छैन’, यादवले भने, ‘दुवै तर्फको पूर्ण सहमतिमा एकता हुनुपर्छ, अर्थात एकताका लागि दुवैको एक मत हुनुपर्छ ।’

‘सरकार पनि एउटै पार्टीको हो भन्ने पनि देखाउनु पर्‍यो नि । त्यो नदेखाई पार्टी एकता भयो भने त झनै समस्या आउँछ’, मन्त्री यादवले भने, ‘नेताहरूको अघि राम्रो अवसर छ । जनताको सेवामा एकतावद्ध भएर काम गर्ने एउटा राम्रो अवसर छ । सरकार सञ्चालनमा छलफल गर्ने परिपाटी बसाल्नुपर्छ । तबमात्र पार्टी एकता सही ढंगले हुन्छ र त्यो दीगो पनि हुन्छ ।’

‘म ठूलो पार्टीको हुँ भनेर कसैले पनि दम्भ राख्नहुन्न’, एमालेका नेताहरूलाई चेतावनी दिँदै यादवले भने, ‘पार्टी एकता सम्मानजनक नै हुनुपर्छ । चुनावका बेला निर्माण गरिएको गठबन्धनको एउटा कुरा हो, पार्टी एकता भिन्न कुरा हो । यी भिन्नभिन्न विषयलाई एउटै आँखाले हेर्न हुन्न ।’

दिल्लीबाट केपी ओलीमाथि मातृका यादवको सिधै हमला, बालुवाटारमा हल्लीखल्ली
नयाँ दिल्ली । नयाँदिल्लीमा अड्डा जमाएर बसेका माओवादी केन्द्रका नेता तथा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले एमालेसँग पार्टी एकता हतारमा गर्न नहुने बताएका छन् ।

दिल्लीमा नेपाली पत्रकारहरूसँग कुरा गर्दै यादवले पार्टी एकताका विषयमा एमाले र माओवादीबीच पर्याप्त गृहकार्य र छलफल आवश्यक रहेको बताए । उनले छलफलबिना एकताको लागि मिति तोक्नु उपयुक्त नहुने उल्लेख गरे । ‘पार्टी एकता चुनाव आइसक्यो, अब गठबन्धन बनाइहालौँ भने जस्तो होइन । धेरै कुरा माझ्नु पर्छ’, उनले भने, ‘चुनावका बेला र त्यसयता भएका सहकार्यको पनि समीक्षा हुनुपर्छ । माओवादी केन्द्रबाट कहाँकहाँ त्रुटि भयो र एमालेबाट कहाँकहाँ त्रुटि भयो ? त्यसको समीक्षा गर्नुपर्छ । हामी अझै धेरै ठाउँमा जित्न सक्थ्यौं किन हार्‍यौँ भन्नेमा पनि छलफल हुनुपर्छ ।’

पार्टी एकताको मिति हतारमा तोकेको भन्दै माओवादी नेता यादवले भने, ‘बरु थप छलफल गरौं र एकतालाई सहज बनाऔं । तलदेखि माथिसम्म कसरी संरचना तयार गर्ने त्यसबारे पहिल्यै छलफल गर्रौं र राम्रो गृहकार्य गरौं भन्ने मेरो धारणा छ ।’

एमालेका नेताहरूलाई भविष्यको चिन्ता रहेको उनले बताए । ‘तर, अहिले बाहिर आएको जस्तो यति नै हुनुपर्छ र यसरी नै हुनुपर्छ भनेर तत्काल एकता गर्दा राम्रो नतिजा आउने छैन’, यादवले भने, ‘दुवै तर्फको पूर्ण सहमतिमा एकता हुनुपर्छ, अर्थात एकताका लागि दुवैको एक मत हुनुपर्छ ।’

‘सरकार पनि एउटै पार्टीको हो भन्ने पनि देखाउनु पर्‍यो नि । त्यो नदेखाई पार्टी एकता भयो भने त झनै समस्या आउँछ’, मन्त्री यादवले भने, ‘नेताहरूको अघि राम्रो अवसर छ । जनताको सेवामा एकतावद्ध भएर काम गर्ने एउटा राम्रो अवसर छ । सरकार सञ्चालनमा छलफल गर्ने परिपाटी बसाल्नुपर्छ । तबमात्र पार्टी एकता सही ढंगले हुन्छ र त्यो दीगो पनि हुन्छ ।’

‘म ठूलो पार्टीको हुँ भनेर कसैले पनि दम्भ राख्नहुन्न’, एमालेका नेताहरूलाई चेतावनी दिँदै यादवले भने, ‘पार्टी एकता सम्मानजनक नै हुनुपर्छ । चुनावका बेला निर्माण गरिएको गठबन्धनको एउटा कुरा हो, पार्टी एकता भिन्न कुरा हो । यी भिन्नभिन्न विषयलाई एउटै आँखाले हेर्न हुन्न ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker