जीप दुर्घटनामा नवलपरासी बुटिङ्गटारमा एकजनाको मृत्यु, आठजना घाइते

नवलपरासी, २९ चैत ।

नवलपरासीको बुटिङ्गटार गाउँपालिकाको  सिमार्दी भञ्ज्याङ्गमा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । आठजना घाइते भएका छन् ।

बिहीबार बिहान साढे सात बजेतिर भएको दुर्घटनामा ज्यान गुमाएका र घाइते भएकाहरुको नाम ठेगाना खुलिनसकेको बुलिङ्गटार गाउँपालिकाका वडा अध्यक्ष सूर्यबहादुर रानाले जानकारी दिनुभयो ।

बुलिङ्गटारबाट दलदलेका लागि छुटेको ग १ ज ५३३७ नम्बरको जीप बुलिङटारको वडा नम्बर – ५ र ६ को बीचमा पर्ने सिमार्दी भञ्ज्याङमा सडकबाट खसेको हो ।

घाइतेलाई दलदलेसम्म ल्याउन अझै एक घण्टा लाग्ने भएकाले तत्काल अस्पताल पुर्याउन समस्या भएको उहाँले बताउनुभयो । ११ जना सवार रहेको जीपका चालक र सहचालक भने सकुशल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker