प्रेममा धोका पाएर तनावमा हुनुहुन्छ ? त्यसोभए यसो गर्नुस्

एजेन्सी, जब मायामा धोका पाइन्छ तब मान्छेको मन टुट्छ। उसको मन कुनै काममा लाग्दैन । भित्रभित्र जल र पीडा हुन्छ । संसार निरस लाग्न थाल्छ । र, ज्यानमा उत्साह अन्त्य हुन्छ । त्यसैले यहाँ केही यस्ता टिप्स उल्लेख गरिँदैछ, जुन ब्रेकअपपछिको पीडाबाट बाहिर आउन सहयोग पुग्नेछ ।

कुनै आफन्तसँग कुरा गर्नुस्

ब्रेकअपपछि कसैसँग कुरा गर्ने मन हुँदैन। तर कुनै यस्तो व्यक्तिसँग गर्नुस्, जसले तपाईलाई बुझ्न सक्दछ । त्यसबाट तपाईलाई शान्ति प्राप्त हुनेछ । जोसँग पनि मन लाग्छ ब्रेकअपका बारेमा खुलेर कुरा गर्नुस् ।

साथीहरुसँग घुम्नुस

अब तपाई फ्री हुनुहुन्छ । तपाईलाई कसैलाई भेटिरहनुपर्ने टेन्सन छैन। त्यसैले आफ्ना साथीहरुलाई फोन गर्नुस र घुम्न निस्कनुस्। नयाँ मानिसहरुसँग भेटघाट गर्ने र घुलमिल हुँद तपाईलाई राम्रो महशुस हुनेछ ।

जीवनमा केही नयाँ गर्नुस्

जीवनमा केही न केही त मानिसमा परिवर्तन भइरहनु पर्दछ । घुमघाम गर्दा तपाईको सोच्ने दायरा पनि फराकिलो हुन्छ । यदि कतै न कतै लागिरहेको छ कि कुनै अरु ठाउँमा घुम्न जाउँ, त्यो मनको इच्छा पूरा गर्नु राम्रो । आफ्नो लुक्सका साथ पनि तपाई यो प्रयोग गर्न सक्नु हुन्छ ।

यादबाट टाढा जानुस्

उसँग जोडिएका स्मृतिहरुलाई नष्ट गर्दा तपाईलाई निकै सहयोग पुग्नेछ । उसका साथ लिइएका तस्वीर इत्यादिनलाई नष्ट गरिदिनुस्। केही कुरालाई सुखद् यादका रुपमा तपाई राख्न पनि सक्नुहुनेछ । तर ध्यान रहोस त्यो चिज तपाईको नजरबाट टाढै होस् । पटकपटक नदेखियोस् ।

फलो नगर्नुस्

सामाजिक सञ्जालमा अनफलो गरिदिनुस् । र, कुनै पनि प्रकारको सम्पर्कबाट बच्नुस् । चाहनु हुन्छ भने त केही समयका लागि फोन नम्बर प नि डिलिट गरिदिनुस् ।

स्वयमलाई व्यस्त राख्नुस्

आफ्नो शरीर र दिमागलाई केही न केहीमा व्यस्त राख्नुस् । चाहनु हुन्छ भने त संगीत सुन्नुस् । एक्सराइज गर्नुस वा फेरि केही लेख्नुस् । जति कम तपाई सोच्नु हुनेछ त्यति नै चाँडो तपाई यो पीडाबाट मुक्ति पाउनु हुनेछ ।

मानिसहरुसँग भेटघाट गर्नुस्

हरेक व्यक्तिको जीवनमा कुनै न कुनै बेला कसै न कसैसँग प्रेममा धोकाको शिकार भएकै हुन्छन् । सबैलाई आफूले धोका खानुलाई सबैभन्दा ठुलो पीडादायी घटना लाग्दछ । त्यसैले नआँत्तिनुस्, यो निकै सामान्य कुरा हो । विस्तारै विस्तारै सबै ठिक हुँदै जानेछ । मानिसले भरिएको यो संसारमा तपाईले पनि भनेजस्तो साथी पाउनु हुनेछ, बस स्वयमप्रति भरोसा राख्नुस् । खोजी जारी राख्नुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker