प्रधानमन्त्रीले भनेः रेल त ल्याएरै छोड्छु तर, भारतबाट नेपाल आएको रेल रित्तै फर्काउनु नपरोस्

काठमाडौं, २८ चैत ।

प्रधानमन्त्री केपी ओलीले आफू व्यापारघाटा न्यूनिकरण गर्न हरबखत चिन्तनशील रहको बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघको ५२ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भारत भ्रमण नितान्त रुपमा व्यापार घाटा न्यूनिकरण गर्न केन्द्रीत रहेको दावी गरेका हुन् ।

महासंघको वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा प्रधानमन्त्री ओलीले भने, “हरेक विदेश भ्रमणमा मैले व्यापार घाटा न्यूनिकरण गर्न कुरा गर्ने गरेको छु । छिमेकी देशले पनि यसबारे चासोका साथ हेरेका छन् ।” हामी आफैं पनि आयातमा मात्र केन्द्रीत हुनुनहुने ओलीले सुझाव दिए । उनले आयातको व्यवसायबाट पैसा कमाउँला भन्ने लोभमा व्यवसायी हुनु नहुने बताए ।

उनले भने, “तत्काल सर्भे गरौं भन्ने कुरा आएको छ, तत्काल नदीको बाटोबाट सामान ल्याऔं, रेलमार्ग प्रयोग गरौं ।” प्रधानमन्त्री ओलीले आयात बढाउन नभएर नेपालले निर्यात बढाउन काठमाडौं–रक्सौल रेल बनाउन सम्झौता गरेको दावी गरे । उनले भने, “रेलबाट सामान आयात मात्र गर्ने हैन, हामीले निर्यात गर्नका लागि रेलमार्ग प्रयोग गर्ने हो ।” रेल ल्याउने काम तत्काल सुरु हुने उनको दावी छ ।

ओलीले भने, “तर, भरिएर नेपाल आएको रेल फर्कँदा रित्तैचाहिँ हुनुभएन । उताबाट ल्याएको भन्दा धेरै सामान लिएर फर्किनुपर्यो ।” यताबाट सामान बोकाएर फर्काउने दायित्व नेपाली व्यवसायीको दावी गर्दै ओलीले भने, “उत्पादन बढाउने काम तपाईंहरुको हो । रेलबाट सामान आउने जाने क्रम चन्द्रागिरीको केबलकार झैं हुनुप¥यो ।” त्यसैकारण विशेष आर्थिक क्षेत्र (सेज)को कल्पना गरिएको उनको दावी छ ।

उनले नेपालसँग पर्याप्त स्रोत भएपनि हामी स्रोत परिचाालन र बजारीकरणमा असफल बन्दै आएको दावी गरे । निजी क्षेत्रले यसकार्यमा तदारुकता देखाए आफूले स्वाग गर्ने र त्यसमा रहेका बाधा अड्चन हटाउनुपर्ने नीजि क्षेत्रको आवाज सम्बोधनपनि गर्ने ओलीको प्रतिवद्धता छ ।

भारतसँग इनर्जी बैंकको कुरामा सम्झौता गर्ने उनको योजना छ । उनले भने, “इनर्जि बैंकमा सम्झौता भए वर्षामा विद्युत् बेचर हामी हिउँदमा किन्न सक्छौं ।”

नेपालको आयात निर्यात अनुपात ९५ प्रतिशत रहेको उल्लेख गर्दै उनले भने, “यो व्यापार होईन, किन्ने बजार हो । यही पछौटेपनले हामीलाई दुःख दिएको छ ।” अव दिगो विकास लक्ष्य हासिल गर्ने योजनाअनुरुप विका तथा सुधारमा ध्यान दिए मात्र नेपाल दुनियाँसँग प्रतिस्पर्धा गर्न सक्षम हुने उनको दावी छ । उनले भने, “२०२२ भित्र नेपाल विकासशील राष्ट्रको सूचीमा उक्लन संघर्ष गर्दै छ । यति नभए हामीबाट कुनै देश पनि प्रभावित हुन्न ।”

प्रधानमन्त्री ओलीले सरकार नीजि क्षेत्रसँग सहकार्य गरेर काम गर्न तयार भएको पनि दावी गरे । “भारत भ्रमणदेखि हरेक चालमा मैले नीजि क्षेत्रलाई साथमा लिएर हिँडेको छु । नीजि क्षेत्रले मलाई बुझेको छ, र मैले नीजि क्षेत्रको माग र आवश्यकतालाई बुझेको छु ।” उनले दावी गरे । ऐन र प्रशाशनको व्यवहारमा सुधार गर्ने प्रतिवद्धताका साथ आफू नेतृत्वको सरकार अगाडी बढेको उल्लेख गर्दै प्रधानमनत्री ओलीले विकासका बारेमा नीजि क्षेत्र अग्रसर भएकोेमा खुसी व्यक्त गरे ।

उनले नेपालको सबैभन्दा ठूलो समस्या गरिबी रहेको पनि जिकीर गरे । उनका अनुसार विदेशीको दृष्टिमा हामी चरामुसा झैं आज खाए भोलि के खाने अवस्थामा रहेकाले केही वर्षमै प्रतिव्यक्ति आय १२ सय ४० डडरभन्दा माथि पु¥याउने सरकारको योजना रहेको बताए । प्रधानमन्त्रकिा अनुसार सार्वभौमसत्ताको रक्षा, लोकतन्त्रको पालना, स्थिरता तथा स्थाइत्व र विधितालाई सहजै स्वीकार्न सक्ने अवस्था भएमात्र आर्थिक विकास सम्भव छ ।

उनले आफू राजनिती गर्नका लागि नै राजनितीमा नआएको दावी गरे । उनले भने, “म देश जनता, विकास, औद्योगिकरण, जीवनस्तरमा सकारात्मक सुधार ल्याउन, आधुनिकीकरणका लागि गरेको हुँ ।” आफ्नो राजनीति समस्स्याबाट अलग राजनीति नभएको दावी गरे ।

यसैबीच नीजि क्षेत्रले सरकारले ल्याएको श्वेतपत्रको स्वागत गरेको छ । महासंघको अध्यक्ष भवानी राणाले स्वेतपत्रमा उद्योग वाणिज्य महासंघको समर्थन रहेको भन्दै अहिलेको सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीलाई निजी क्षेत्रको “मस्ट फ्रेन्ड्ली एन्ड एक्सिसिबल प्राइममिनिस्टर” भएको उल्लेख गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker