आइजिपी नियुक्तीबारे जयबहादुर चन्दले मुख खोले, ओली–प्रचण्डलाई काउन्टर

काठमाडौं, २८ चैत ।

एमालेका कारण आइजिपी बन्न नपाएर अन्यायमा परेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) जयबहादुर चन्दले आइजिपी नियुक्तीमा वाम सरकारले देखाएको दोहोरो चरित्रको कडा आलोचना गरेका छन्।

बुधबारबाट ३० वर्षे उमेर हदका कारण अवकाश पाउन लागेका चन्दले नयाँ आईजीपी नियुक्त प्रकरणलाई लिएर व्यंग्यात्मक आलोचना गरेका हुन्। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आईजीपी नियुक्त गरे पनि सर्वोच्चको आदेशले प्रहरीको नेतृत्व सम्हाल्नबाट वञ्चित भएका चन्दले बुधबार फेसबुकमा लेखेका छन्, ‘अचम्मको ! साँच्चिकै उदेक लाग्दो ! तिनीहरूको दोहोरो चरित्र राम्रैसंग उदाङ्गियो यसपालिको नियुक्तिले ।’

चन्दले आफ्नो पालामा जेष्ठता, कार्यसम्पादन मुल्यांकनको कुरा गरेपनि अहिले आएर जेष्ठतालाई छाडेर जुनियरलाई आइजिपी बनाएर वाम गठबन्धनका नेताको दोहोरो चरित्र उदाङ्गो भएकोतर्फ संकेत गरेका छन्।

सरकारले मंगलबार डीआईजी सर्वेन्द्र खनाललाई आईजीपीमा बढुवा गरेको थियो।

नेपालपनाबाट लिइएकाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker