बलिउडकी एक नायिका, सडकमै कपडा खोलेर नांगिएपछि हंगामा (भिडियोसहित)

७  अप्रिलको बिहान हैदराबादको फिल्म नगर स्थित तेलुगु फिल्म चेम्बर अफ कमर्स अफिसको बाहिर सनसनी खबर फैलियो । जब कलाकार श्री रेड्डीले खुलेआम एक एक गरेर कपडा खोल्न शुरु गरिन् । उनको त्यो हर्कतलाई क्यामेरामा कैद गरियो ।

श्री रेड्डीले यो विरोध स्वरुप गरेकी हुन् । उनको यो ‘स्ट्रिप पोटेस्ट’ तेलुगु फिल्म उद्योगमा फैलिएको ‘कास्टिङ कउच’ को विरोधमा थियो । श्री रेड्डीका अनुसार उनको शारिरीक शोषण कैयौँ फिल्म निर्माताहरुले गरे । साथै फिल्म कलाकार एसोसिएशनले उनलाई सदस्य बनाएन । जबकी उनी तीनवटा फिल्ममा अभिनय गरिसकेकी छिन् ।

श्री रेड्डीले बताएअनुसार कैयौँ निर्माताहरुले फिल्ममा रोल दिनुभन्दा पहिले उनीसँग ‘न्यूड’ फोटो एवं भिडियो माग गरे । जो उनले पुरा गरिन् । कसैले लाइभ न्यूड भिडियोको पनि माग गरे । ति निर्माताहरुले भिडियो हेरे तर आफ्ना बाचा पुरा गरेनन् ।
रोल माग्ने धेरै महिलासँग यसै प्रकारको व्यवहार गर्ने गरेको श्री रेड्डीले आरोप लगाइन् । तेगुलु महिलालाई फिल्म उद्योगमा रोल दिँइदैन । महिलालाई फिल्ममा काम दिनुको सट्टा यौन शोषण गर्ने गरेको उनी बताउँछिन् ।
श्री रेड्डीले चेम्बरको बाहिर आफ्नो सुरुवाल कमिज क्यामेराको अगाडी खोलिन् । आफ्नो कुरा राख्ने उपयुक्त माध्यम नै यहि लागेको उनी बताउँछिन् ।
उनी भन्छिन्, रोल त मुम्बईका केटिहरुलाई दिने गरिन्छ तर स्थानिय केटीहरुलाई  रोल दिने बाहानामा यौन शोषण गर्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker